व्यस्त सहर, सुस्त व्यवसाय
देशको सङ्घीय राजधानी काठमाडौंको व्यस्त शहर तथा बजारहरुमा नै पछिल्लो समय व्यापार–व्यवसाय भएन भन्ने गुनासो बढेको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा
दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ ।
गाईघाट झरना र वराह ताल जोड्न पदमार्ग निर्माण
ढोरपाटन (बागलुङ), फागुन४ गते । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई वराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु. १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पुर्य ाउन नसकिने उहाँको भनाइ छ । पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताउनुभयो ।उहाँले भन्नुभयो, “झरनादेखि केही माथिसम्म यसभन्दा अगाडि पदमार्ग निर्माण भएको छ, त्यहाँबाट नयाँ काम सुरु गरेका छौँ, योजना वराह तालसम्म पुर्य ाउने हो, तर बजेटले पुग्दैन, माथि गाउँसम्म पुग्ने ‘स्टिमेट’ भएको छ, कामलाई तीव्रता दिन थालेका छौँ, पदमार्गमा सिमेन्ट, बालुवाको प्रयोग बढी गर्नुपर्ने हुँदा बढी खर्चिलो हुन्छ ।”ताराखोला–१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पुर्य ाउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला–१ का अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । खासगरी पर्यटन प्रवर्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उहाँको भनाइ छ । गाईघाट झरनादेखि वराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पुर्य ाउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताउनुभयो । झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उहाँको भनाइ छ । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताउनुभयो । सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु.१५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।“अहिलेसम्म झरनामा आउने पर्यटक तालसम्म पुर्य ाउन सकिएको छैन, ताल धेरै टाढा पनि होइन, पाँच किलोमिटरको दूरीमा छ, पदमार्ग निर्माणपछि झरना र ताललाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ कि भन्ने लागेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यस वर्ष पुर्य ाउन नसके पनि आगामी वर्षमा पालिका र प्रदेश सरकारसँग सहकार्य गर्छौं, तालसम्म पदमार्ग पुर्य ाउने छौँ, पर्यटकको चाप बढ्दै गएको छ, झरनामा आएका पर्यटकलाई तालसम्म पुर्य ाउन सके गाउँका उत्पादनले मूल्य पाउनेछ, रोजगार सिर्जना हुने भने अन्य अवसर सिर्जना हुने अपेक्षा लिएका छौँ ।” रासस
टर्की सुनखानी पहिरो प्रकरणः आठ जना पक्राउ
पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो ।
सरकारी छाप र जरायोको सिङसहित तीन जना पक्राउ
पोखरामा सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिंङ सहित तीन जना पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको
मस्कोमा लागेको आगो नियन्त्रणमा
मस्कोको पुस्किन स्क्वायरमा लागेको भिषण आगो नियन्त्रणमा आएको छ । रुसी आपतकालीन अवस्था मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।
भारतको थोक मुद्रास्फीति ०.२७ प्रतिशतले घट्यो
भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआइ) जनवरीमा ०.२७ प्रतिशतले घटेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामका लागि आह्वान
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ ।
नेपालगन्जका सार्वजनिक शौचालयहरूलाई व्यवस्थित गरिने
नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् ।
कालिकोटमा युवा लक्षित रोजगार कार्यक्रम खारेज
कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको थियो । लामो समयपछि २०७४ मा निर्वाचित स्थानीय सरकारले नागरिकले आहा गर्ने खालका कार्यक्रम सार्वजनिक गरेका थिए । केहीले कार्यविधि बनाउँदै समय गएको भनेर आफैले तयार गरेका कार्यक्रम लागु गर्न सकेनन् भने रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले भने युवालाई विदेशीनबाट रोक्न युवा लक्षित कार्यक्रम लागु गर्यो ।
पाँचतारे होटल धमाधम कारबाहीमा
पछिल्ला केही दिनयता नाम चलेका पाँचतारे होटल धमाधम कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचतारे होटलमा म्याद गुज्रिएका खाद्यवस्तु र बिनालेबलका वस्तु फेला परेपछि कारबाहीमा परेका हुन् । बिहीबार काठमाडौँको बौद्धमा रहेको हायात होटलको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका डेरी उत्पादन र पेय पदार्थ भेटिएपछि म्याद गुज्रिएका सामान नष्ट गरी तीन लाख रुपियाँ जरिबाना गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं बजार अनुगमन संयोजक आन्नदराज पोखरेलले देशकै ठुला र पाँचतारे होटलको भान्सामा म्याद गुज्रिएका र लेबलबिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको बताउनुभयो ।
दोजाममा ल्याइयो चौँरी
उच्च हिमाली क्षेत्रमा पालन हुने चौँरीगाई सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ल्याइएका छन् । हिमपात कम भए पनि यस वर्ष चिसो निकै बढेका कारण ती चौँरीगाईलाई पालनकै लागि उक्त गाउँमा ल्याइएको हो । दोजाम गाउँका स्थानीय स्याम्जोर लामाले हिउँदमा चार हजार पाँच मिटर उचाइमा रहने चौँरीगाई यतिबेला दुई हजार चार सय मिटरको उचाइमा झारिएको बताउनुभयो ।
घुमन्ते राउटे कृषि व्यवसायमा
आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।
‘पाँच वटा सम्झनलायक काम गरेका छौँ’
धनुषा जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र छ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाको पूर्वदक्षिण अवस्थित धनौजी गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । साबिक झोझी कटैया, बहुअर्वा, ल
बस्ती स्थानान्तरणमा सकस
बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ । विपत्को दृष्टिकोणले असुरक्षित ती बस्ती स्थानान्तरणका लागि बजेट नहुँदा यस्तो समस्या आएको हो । त्यस्तै बस्ती स्थापनाका लागि उपयुक्त जमिन फेला नपरेकाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई सकस भएको हो । स्वामिकार्तिक–१, मुक्तिकोटका नरे लुहारले सुरक्षित बासका लागि सरकारसँग माग राख्दै आएको बताउनुहुन्छ तर बस्ती स्थानान्तरणका लागि कुनै पनि सरकारले चासो नदिएको भनाइ उहाँको छ । उहाँले भन्नुभयो, “गत वर्ष जमिन सबै पहिरोले लग्यो । अहिले घर पनि पहिरोको जोखिममा छ । अब बर्खा लागेपछि कता गएर बस्ने हो चिन्ता छ ।”
महिनावारी भएकालाई बाटो हिँड्न प्रतिबन्ध
बाजुराका अधिकांश स्थानमा महिनावारी हुँदा महिलालाई सार्वजनिक बाटो हिँड्न बन्द हुने गरेको छ । महिलालाई देवी देउताको थान र मठमन्दिर भएर हिँड्ने बाटो बन्द हुने गरेको छ । मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि महिनावारी भएका महिलाका लागि बाटो बन्द हुने गरेको बुढीगङ्गा नगरपालिका–१०, तिमाडाका स्थानीय नाम (परिवर्तन) राधिका विकले बताउनुभयो ।
विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना
पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल सुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ ।
देशमै रोजगारी सृजना गरेर युवा पलायन रोक्नुको विकल्प छैनः सांसद शर्मा
संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने जुन प्रणाली छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो ।
इन्द्रसरोवरमा विपद् व्यवस्थापन वेश स्थापना
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी नजिकै सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । ईन्द्रसरोवर तालसँगै, हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको राजमार्गमा हुने दुर्घटनामा उद्धार, मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरण र शान्ति सुरक्षालाई दृष्टिगत गरी वेश स्थापना गरिएको हो ।
हिल्सा सिमकोट सडकको लम्बाइ छोटियो
उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको पाइएको छ । सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो ।
ललिता निवास प्रकरणमा कोको भए दोषी, कसले पायो सफाइ
बहुचर्चित ललिता निवास जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न भएका तत्कालीन राजनीतिक नेतृत्वले विशेष अदालतबाट सफाइ पाएका छन् । मन्त्रीपरिषद्को नीतिगत निर्णय भएको भन्दै यही प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीहरूलाई सरकारी साक्षी बनाइँदा जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका तत्कालीन तीन मन्त्रीले विशेषबाट सफाइ पाएका हुन् । मन्त्रीहरूले सफाइ पाए पनि प्रशासनिक नेतृत्व सम्हालेका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् ।
ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।