• ४ पुस २०८१, बिहिबार

इन्द्रसरोवरमा विपद् व्यवस्थापन वेश स्थापना

blog

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी नजिकै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेशका लागि इन्द्रसरोवर गाउँपालिकाले प्रदान गरेका उद्धारका सामग्रीहरू । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा,  फागुन ४ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी नजिकै सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन बेस स्थापना गरेको छ । इन्द्रसरोवर तालसँगै, हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको राजमार्गमा हुने दुर्घटनामा उद्धार, मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरण र शान्ति सुरक्षालाई दृष्टिगत गरी वेश स्थापना गरिएको हो । 

सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख अनिल कार्कीले इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकालाई लक्षित गरेर सशस्त्र प्रहरीले विपद् व्यवस्थापन बेस स्थापना गरेको जानकारी दिनुभयो । विपद् व्यवस्थापन वेशमा सशस्त्र प्रहरी बलबाट आवश्यक सामग्री र विपद् तालिम प्राप्त जनशक्ति व्यवस्थापन गरिएको छ । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहको उपस्थितिमा भएको बेस स्थापना कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकामा भएका विपद् उद्धारका सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

उक्त विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २२ जना सशस्त्र प्रहरी रहनेछन् ।