स्थानीय तहमा पेचिलो बन्दै सीमा विवाद
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन् । गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गर्न प्रस्ताव मन्त्रालयमा पुगेका छन् ।
फिर्ता ल्याइँदै प्राचीन सम्पदा
नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ । पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल ल्याइएका छन् । तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।
कांग्रेस पुरानै पाराबाट चल्न नसक्ने युवा नेताको ठहर
निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बारम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’’
गाजामा २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
६४ वर्षपछि नेपालमै हुलाक टिकट प्रकाशन सुरु
लाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो।
मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुहुँदै
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो ।
हाप्किडो नेशनल च्याम्पियनसिप उपाधि लुम्बिनीलाई
नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।
जाँचबुझ आयोगद्वारा बालकुमारी घटनाको प्रतिवेदन पेस
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ।
रोहिणी राणाको ‘द नेपाल कुक बुक’ सार्वजनिक
लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ।
नेपालले जलवायु परिवर्तनको हानिकारक प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनुभएको छ ।
रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार ६३७ निर्माणाधीन छन् ।
चार करोडको लागतमा बहुउद्देशीय कभर्ड हल निर्माण
ईन्डोर खेल खेलाउन सहज बनाउने उद्देश्यले धनकुटाको हिलेमा हिले बहुउद्देशीय कभर्ड हल निर्माण हुने भएको छ ।
अष्टचिरञ्जीवि मन्दिरको उद्धघाटन
पूर्वकै धामिर्क पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा अष्टचिरञ्जीविको मन्दिर उद्धघाटन गरिएको छ ।
अफ्रिकामा लगभग १० करोड बालबालिका तथा युवा विद्यालय बिमुख
अफ्रिकामा छ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाविद्यार्थीहरू विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बिहीबार बताउनुभएको छ ।
प्यालेस्टाइनलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता नदिन इजरायली प्रधानमन्त्रीको आग्रह
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी राज्यलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताउनुभएको छ ।
बच्चाले लाइटर खेलाउँदा घर जल्यो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बालबच्चाले लाइटर खेलाउँदा एक घर जलेको छ ।
गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न
अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् ।
ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण
पछिल्लो समय बाजुराका अधिकांश कृषकको ड्रागन खेतीमा आकर्षण बढ्दैगएको छ । पहिला स्याउ सुन्तला अमिलो कागती ओखरलगायतका फलफुल उत्पादन गर्दैआएका यहाँका किसानलाई ढुवानीमा बाटोको समस्या भएको थियो ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उहाँहरुको मृत्यु भएको हो ।
तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस आवश्यक
सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताउनुभएको छ ।
राससको ६३ औँ वार्षिकोत्सव : राससको सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्छ
प्रतिनिधिसभाका सदस्य एवम् पूर्वमन्त्री प्रदीप यादवले मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
समयभित्र गुणस्तरीय काम होस् : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।
प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन
प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो । नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
अपाङ्गता परिचयपत्रलाई डिजिटल प्रविधिमा ल्याउन जरुरी छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता परिचय पत्रलाई डिजिटल प्रविधिमा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।