बाबुराम कार्की
वराहक्षेत्र, फागुन ४ गते । पूर्वकै धामिर्क पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा अष्टचिरञ्जीविको मन्दिर उद्धघाटन गरिएको छ । स्थानीयबासीहरुको सहयोगमा निमार्ण गरी विधिपुर्वक मन्दिरको उद्धघाटन गरिएको हो ।
जनसरोकार नागरिक उपभोक्ता मञ्चको अगुवाइमा स्थानीयबासी, संघ संस्थाहरुको सहयोगमा अष्टचिरञ्जीविको मन्दिर निमार्ण गरिएको थियो । रामको पाऊ स्पर्श भएको रामधुनी मन्दिर क्षेत्रमा अष्टचिरञ्जीविको मन्दिर उद्धघाटन गरिएसँगै मन्दिर परिसरको सुन्दर्यता बढेको छ । मन्दिर निमार्ण भएसँगै धामिर्क पर्यटनको क्षैत्रमा सहयोग पुगेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।
मन्दिर ४२ लाख ८० हजार लागतमा निमार्ण गरिएको निमार्ण समितिका कोषध्यक्ष घनस्याम रिजालले जानकारी दिनुभयो । कोषाध्यक्ष रिजालका अनुसार १२ लाख ७७ हजार रामधुनी नगरपालिका र वराहक्षेत्र नगरपालिकाले एक लाख सहयोग गरेको छ । चन्दा दाताहरुबाट प्राप्त भएको रकम सहयोगबाट तीन वर्ष लगाएर मन्दिर निमार्ण गरिएको हो ।
३० फिट चौडाई र ४० फिट लम्बाईको क्षेत्रफलमा निमार्ण भएको अष्टचिरञ्जीवि मन्दिरको प्राण प्रतिष्ठा गरि औपचारीक रुपमा दर्शनको लागि मन्दिर सञ्चालनमा ल्याइएको छ । रामधुनी नगरपालिका प्रमुख शंखर लाल चौधरी सहिको उपस्थितिमा रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिलाई मन्दिर हस्तान्तरण गरिएको छ ।
सरोकारवालाहरुको चासो बढेसँगै ओझेलमा परेको मन्दिरको मुहार फेरिने क्रममा रहेकोे मन्दिर व्यवस्थापन समीतीका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताउनुभयो । नव निर्मित मन्दिरमा अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय को मुर्ति राखिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको विशेष महत्व र अस्तित्व बोकेको धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित मन्दिर परिसरमा निमर्ण भएको मन्दिरले तिर्थालुहरुलाई आकृति गर्ने विश्वास लिएको बाबा बनखण्डी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
रामधुनी परिसरमा रामदरबार समेत निर्माण भइरहेको छ । धार्मिक पर्यटनका दृष्टिले समेत प्रख्यात यस मन्दिरको थप विकासले मन्दिरको मुहार फेरिएदै गएको छ ।
भारतको पंजावबाट आएका नेपाली भाषी श्री श्री १०८ गोपाल मुनीले श्री रामधुनी मन्दिर परिसर क्षेत्रमा विभिन्न देवताहरुको आधा दर्जन मन्दिर निर्माण गर्नुभएको छ । उहाँले बनखण्डी मन्दिर, शिवालय मन्दिर, राम मन्दिर, शनि मन्दिर निर्माण गर्नुभएको हो । मन्दिर परिसरमा गोपाल मुनिले आफ्नै लगानीमा मठ मन्दिर र आश्रम निर्माण गरेपछि मन्दिर परिसर मन्दिरै मन्दिरले भरिभराउ भएको हो ।
सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालीकाको सीमा जङ्गलकोबिच भागमा अवस्थित श्री रामधुनी मन्दिर हिन्दु धर्मावलम्वीहरुको पौराणिक मन्दिर हो । त्रेता युगमा श्री रामचन्द्र यस तपोवनको पूण्यस्थलमा वनबासको क्रममा धुनी बालेर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराऊ छाडी गएको भन्ने कथन छ ।
सरोकारवालाहरुको चासो बढेसँगै ओझेलमा परेको मन्दिरको मुहार फेरिंदै गएको छ । रामधुनी मन्दिरमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् ।