‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’
बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।
दुर्गाथलीमा पानीका स्रोत सुक्दै
बझाङ सदरमुकाम चैनपुरमा केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको भूकम्पका कारण जिल्लाको दुर्गम क्षेत्र दुर्गाथली गाउँपालिकाका अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् ।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा
विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ । चिसोबाट बचाउनका लागि आर्थिक स्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना
आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते, तीनको अवस्था गम्भीर
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
दुर्गमका बालबालिकालाई सहयोग
कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा पाँच हजार किलोको घण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका-५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँ महाघण्टा राखिएको हो ।
भाक्रोहा नरसिंहमा १४ किलोमिटर सडक कालोपत्रे हुँदै
सुनसरीको भाक्रोहा नरसिंह गाउँपालिका–४ को चिरौली चौकदेखी वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नहर सीमासम्मको सडक कालोपत्रे हुने भएको छ ।
छ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौँदेखिको पानीको समस्या हटेको हो ।
तेक्वान्दोका चार खेलाडीलाई ब्ल्याक बेल्ट
राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालले धनगढीका चार जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरेको छ । खेल प्रशिक्षण सुरु गरेको तीन वर्षपछि धनगढीका सृजना गुरुङ, आर्यन डगौरा, प्रभात जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन् ।
बेँसीसहर–चामे सडक : ट्याक खोलेको २९ वर्षपछि कालोपत्र गरिँदै
मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर सडक कालोपत्र गरिएको छ ।
योजनाको सम्झौता भटाभट हुँदा असारे विकास नहुनेमा आसा
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कुल योजना मध्य हालसम्म त्रिहत्तर प्रतिशत भन्दा बढी योजनाको सम्झौता कार्य गर्न सिमकोट गाउँपालिका सफल भएको छ ।
फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आस गर्न सकिँदैन: सांसद डा. कार्की
संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ ।
पौडेल सिटी काउन्सिल सदस्यमा चयन
युलेस सिटी काउन्सिल सदस्यमा टीका पौडेल निर्विरोध चयन हुनुभएको छ । पौडेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
टेलरमा ठोक्किएर बिसीको मृत्यु
यहाँ मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सल्लीबजार–चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६ नाथे खोलाबाट सुनौली बजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलर एक आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार बनगाड कुपिण्डे नगरपालिका–१ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको हो ।
विद्यालय उमेरका बालबालिका अझै विद्यालयबाहिर
बागमती प्रदेशमा अझै विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहेका पाइएको छ । बागमती प्रदेशभित्र विद्यालय उमेर समूहका चारदेखि १३ वर्षका ९७.१ प्रतिशत मात्र विद्यालयमा भर्ना भएको पाइएकाले सङ्घीय सरकारले अनिवार्य शिक्षा र विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन कार्यव्रmम सञ्चालन गर्दै आएको छ ।
काठमाडौँ-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ ।
जाजरकोटमा खाद्यान्न अभाव
जाजरकोटका खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ ।
जनयुद्ध दिवसमा बिदा नदिएपछि कार्यपालिका बैठकमै रोक
कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ ।
विद्यार्थीलाई बाख्रा सहयोग
धेरै जसो विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप कापी, कलम तथा नगद दिने गरिएको छ तर तनहुँको एक विद्यालयद्वारा बाख्रा प्रदान गरेको छ । यस्तो प्रदान गर्नेमा आँबुखैरेनी गाउँपालिका–१ सत्र सय स्थित मित्रता माध्यमिक विद्यालय रहेको छ ।
‘एक वडा एक पक्की सडक’ अभियान
दोलखाको वैतेश्वर गाउँपालिकाको ‘एक वडा एक पक्की सडक’ निर्माण अभियान अन्तर्गत चौथो वर्ष आर्थिक वर्ष २०८०/८१ को बजेटबाट बुस्ती–पुतलीकाठ मिर्गे सडकखण्डको थुम्कीमा एक किलोमिटर ७० मिटर सडक ढलान निर्माण भएको छ । वडा नम्बर २ गैरीमुदी र वडा नम्बर
एक महिनामा चौबिस लाख भेटी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्र २४ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एक हजार पाँच सय रुपियाँ सङ्कलन भएको हो ।
हिउँदे बालीलाई सिँचाइ अभाव
सर्लाहीका किसानलाई सिँचाइको समस्या बढ्न थालेको छ । आकाशे वर्षा नभएर खोला, खोल्सीमा पानी कम हुँदै गएसँगै गहुँ, मकै, लसुन, प्याजसहित अन्य हिउँदे बाली र तरकारी खेतीलाई सिँचाइको समस्या हुन थालेको हो ।