मुख्यमन्त्री यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।
हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्ड निर्माण तीव्र
मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । बागमती प्रदेश सरकारले हेटौँडा–का
पर्वतको आलुले बजार नपाउँदा किसान मर्कामा
व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।
विधेयकहरु पारित गर्न निरन्तर छलफलमा छौँ: नेता बलायर
सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको कांग्रेसका नेता वीरबहादुर बलायर बताउनुभयो ।
चरा संरक्षणका लागि पन्छी बास बगैँचा
कोशी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रनजिककै रहेको नेपाली सेनाको ब्यारेकमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा जोड दिँदै पन्छी बास बगैँचा बनाइएको छ । सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ
‘गृह श्रमिकको प्रवर्धनात्मक नीति आवश्यक’
गृह श्रम बजारको व्यवस्थापन, श्रमिकको पहिचान र त्यस्ता श्रमिकले उत्पादन गरेका वस्तु तथा सेवाको उपयुक्त मूल्य व्यवस्थाका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिइएको छ । विश्व सामाजिक मञ्चले दक्षिण एसियाका गृह श्रमिकका समस्या र चुनौतीका विषयमा आयोजना गरेको छलफलमा सहभागी गृह श्रमिक तथा अभियन्ताहरूले गृह श्रमिकसम्बन्धी स्पष्ट नीति नबन्दा श्रमको मूल्य र पहिचानमै समस्या भएको औँल्याएका छन् ।
मुख्यमन्त्री शर्मासँग कांग्रेस रुष्ट
कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । मुख्यमन्त्री राजकुमार शर्माको कार्यशैलीप्रति नेपाली कांग्रेस पार्टी रुष्ट देखिएको छ । सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको जनाउँदै सरकारमा सहभागी कांग्रेस पार्टीका नेताहरू आलोचनामा उत्रिएका छन् । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारसँगको असन्तुष्टि सामाजिक सञ्जालमै पोख्नुभएको छ । उहाँले प्रदेश सरकार मनपरी ढङ्गले अघि बढेको भन्दै फेसबुकमार्फत आलोचना गर्नुभएको छ ।
नाम्खा र हलेसीबिच मितेरी साइनो
हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो । कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहेको नाम्खा गाउँपालिका र प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।
बेँसीसहर–चामे सडक : तीन दशकपछि गरिँदै कालोपत्रे
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । मनाङ जोड्ने एक मात्र सो सडकखण्डको ७.८ किलोमिटर सडक कालोपत्रे भएको हो । डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर किरण पोखरेलले अब सात सय मिटर कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । स्तरोन्नति तथा कालोपत्रे गर्न हालसम्म १९ करोड रुपियाँ खर्च भइसकेको उक्त सडकको ८५ प्रतिशत काम सकिइसकेको छ । कुल ५२ करोड ९६ लाख रुपियाँ लागत अनुमान गरिएकोमा २५ करोड ३२ लाख रुपियाँमा कालोपत्रेको सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । २०७८ साल असारमा सम्झौता गरे पनि वर्षाका कारण असोजदेखि मात्र काम सुरु भएको थियो ।
जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि
जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।
महासमितिप्रति बढ्दो चासो
मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक समाजवादी विचारधारा अँगालेको पार्टी नेपाली कांग्रेसले स्थापनाको ७७ औँ वर्ष पूरा गरिसकेको छ । मुलुकमा विद्यमान हुकुमी जहानियाँ राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गरेर २००७ सालमा प्रजातन्त्रको जग बसाल्न सफल यो पार्टीले राजनीतिक कालखण्डमा पटक पटक भएका जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर जनचाहना अनुरूप अगाडि बढेको पार्टीले प्रजातन्त्र स्थापना, पु
शुक्लागण्डकी महोत्सवमा पातको माला प्रयोगमा
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।
संवैधानिक अङ्गको दायित्व
संविधान जारी भएको आठ वर्ष नाघ्यो । अब करिब दुई वर्ष यो संविधानको प्रयोगपछि यसको उपादेयता वा संशोधनको कुरा परिपक्व हुन्छ । संविधानले लक्षित गरेको सिद्धान्त, कार्यक्रम पूरा हुने बाटोमा गएको छ कि छैन यो विषयमा सूक्ष्म ढङ्गबाट अध्ययन हुन जरुरी छ । संविधानका अक्षरले आफैँ काम गर्ने होइन । यो संविधान कार्यान्वयन गर्न विभिन्न निकाय बनाएका छौँ । मुख्यतः तीन पालिका बनाएका छौँ, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । यसमा
तनहुँमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न को बोलेरो अनियन्त्रित भई शनिवार साँझ ८ः१० बजे सडकको छेउमा पल्टिदा मृत्यु तथा घाइते भएका हुन् ।
ट्राफिक चिल्ड्रेन पार्कको मार्गचित्र
सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका लागि विद्यालयको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा व्यावहारिक ज्ञानका निमित्त देशका विभिन्न स्थानमा ‘ट्राफिक चिल्ड्रेन पार्क’ को स्थापना गरिनुपर्ने आवश्यकता नेपाल प्रहरीले विगत लामो समयदेखि भन्दै आएको हो । ट्राफिक शिक्षा विद्यालयस्तरमा नै समावेश गर्ने हो भने जनचेतनाको स्तर तलदेखि नै बढ्छ । ट्राफिक नियमबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सिप दिन सके सवारी दुर्घटना घटाउन सकिन्छ । दुर्घटनामा कमी ल्याउन सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले भने त्यस अनुसारको कार्ययोजना र कार्यान्वयनमा ध्यान पु¥याउन स
मूल मुद्दा व्यवस्थापन र विकास
विकास र विकास व्यवस्थापन नै विगतदेखि आजसम्म हाम्रो सन्दर्भमा मूल विषय बनिरहेका छन् । हाम्रो विकाससम्बन्धी सोच पुरानै छ । सडक, भ्यु टावर, भवन र ठुला भौतिक परियोजनालाई सरकारको पञ्चवर्षीय योजना र वार्षिक कार्यक्रम तथा बजेटमा पारेपछि विकासप्रेमी कहलिने प्रवृत्ति छ । तथापि यो परिस्थितिको वस्तुनिष्ठ समीक्षाका आधारमा विकासलाई नयाँ तरिकाले परिभाषित गर्दै यसका समसामयिक विषयको पहिचान नगरी अब परम्परागत विकासको नाराले काम गर्ने अवस्था छैन ।
‘खेलाडी’ को टिजर सार्वजनिक
भोजपुरी भाषामा निर्मित हास्य सिरिज ‘खेलाडी’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । मुखिया इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिद्वारा निर्माण गरिएको सो सिरिजमा भोजपुरी भाषाका गीत, सङ्गीत र कथा समेटिएका छन् । नेपाल र छिमेकी मुलुक भारतमा समेत भोजपुरीका दर्शक र श्रोतालाई लक्षित गरी निर्माण गरिएको सो सिरिजलाई युट्युबमार्फत क्रमशः प्रसारण गरिने लेखक तथा निर्देशक शैलेशमानसिंह बस्नेतले बताउनुभयो । ‘खेलाडी’ मा भोजपुरीका कलाकार प्रियङ्का पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । कलाकारहरू सरु बराल, रामभजन कामत, अरकना खातुन, गोविन्दा यादव, सेराज आलम र गङ्गालाल श्रेष्ठलगायतले अभिनय गर्नुभएको छ । लेखक एवं गीतकार गोपाल अश्कको गीतमा आकाश ठाकुरको स्वर र विनय कार्कीको सङ्गीत छ ।
‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने
गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आजको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
भेडीगोठ धान्ने हिमबहादुर....
दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्नुभएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
‘निर्वाचन प्रणाली फेर्ने विषयमा अध्ययन भइरहेको छ’
नेपालमा सर्वप्रथम गौरवमय आमनिर्वाचन सम्पन्न भएको दिनको स्मरण गर्दै निर्वाचन आयोगले २०७२ सालदेखि निर्वाचन दिवस मनाउँदै आएको छ । पहिलो आमनिर्वाचन सम्पन्न भएको यही फागुन ७ गते ६५ वर्ष पूरा हुँदै छ । पहिलो निर्वाचन भएको ६५ वर्ष र आठौँ निर्वाचन दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग निर्वाचनसम्बन्धी समसामयिक विषयमा गोरखापत्रका लागि पत्रकार नारद गौतम र सूर्यप्रसाद पाण्डेले गरेको संवादको सम्पादित अंश :
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
पुरिएको पाटेबाघ निकालेर पोस्टमार्टम
नवलपुरको मध्यविन्दु–१०, अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई पुनः खाल्डोबाट निकालेर पोस्टमार्टम गरिएको छ । करिब एक साताअघि मृत अवस्थामा भेटिएको बाघ सड्न थालेको भन्दै डिभिजन वन कार्यालयले शुक्रबार पोस्टमार्टम नगरी जङ्गलमा गाडेको थियो । सङ्कटापन्न दुर्लभ पाटेबाघ मरेको कारण पत्ता ल