• १३ साउन २०८१, आइतबार

तनहुँमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

blog

अमरराज नहर्की

तनहुँ, फागुन ६ गते । पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न‍ को बोलेरो अनियन्त्रित भई शनिवार साँझ ८ः१० बजे सडकको छेउमा पल्टिदा मृत्यु तथा घाइते भएका हुन् ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २२ को सागर गुरुङको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु शनिवार राती ११ः१५ राती मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनु भएका गुरुङको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो । सबै घाइतेका पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको छ । घाइते हुनेहरूमा  ईच्छाकामना गाउँपालिका–। ५ बस्नेहरू २२ वर्ष को डम्बर बहादुर गुरुङ, वर्ष २४ को कमल गुरुङ, वर्ष ४६ को रुद्रबहादुर चेपाङ, वर्ष १८ को जित गुरुङ गुरुङ हुनुहुन्छ ।

 यसै गरी अन्य घाइतेहरूमा ईच्छाकामना गाउँपालिका–६ बस्ने वर्ष १९ को रूपक गुरुङ, भरतपुर महानगरपालिका– २९ बस्ने वर्ष ३४ को टेस्ट बहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने वर्ष ३० को पूर्ण गुरुङ हुनुहुन्छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।