लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो : प्रधानमन्त्री प्रचण्ड
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थाको भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोहको प्रत्यक्ष प्रसारण
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाइन्छ ।
दैनिक चौध घण्टा लोडसेडिङ
हिल्दुम विद्युत् वितरण केन्द्रले सदरमुकाम सिमकोटमा दैनिक १४ घण्टा लोडसेडिङ गरेको छ । विद्युत्का लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ अवधि बढाइएको जनाइएको छ । विद्युत् वितरण केन्द्रका प्रमुख शङ्करप्रसाद हमलाले पानीको स्रोत कमी भएका कारण विद्युत् उत्पादन कम भएपछि लोडसेडिङ तालिका बढाएर दैनिक १४ घण्टासम्म पुगेको बताउनुभयो । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १४ घण्टासम लोडसेडिङ गरेको छ । केही दिनअघिसम्म दैनिक चारबाट बढाएर आठ घण्टा लोडसेडिङ गरेको थियो ।
‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’: भरत उप्रेती
वि.सं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।
तीन वर्षमा तेह्र सय कर्मचारी सिफारिस
कर्णाली प्रदेश लोक सेवा आयोगले तीन वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी कर्मचारी छनोट गरी कार्यक्षेत्रमा पठाएको छ । चौथो तथा पाँचौँ तहका ३७८ जना र स्थानीय तहका ९६० गरी कुल एक हजार ३३८ जना उम्मेदवार छनोट गरिएको जनाइएको छ । प्रदेश लोक सेवा आयोग २०७७ साल फागुन ६ गते स्थापना भएको थियो । कर्णाली प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव लोकप्रसाद न्यौपानेले ५२ जना वनरक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोगको विश्वसनीयता, योग्यता र स्वच्छताको गरिमालाई कायमै राख्नुपर्नेमा जोड दिनुभयो ।
‘कुडा कर्णालीका’ मा भूकम्प बहस
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले ‘कुडा कर्णालीका’ मञ्चबाट भूकम्पपीडितले पाइरहेको सास्तीको वर्णन गर्नुभयो । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको ‘इपिसेन्टर’ शीर्षक सत्रमा सहभागी प्रमुख केसीले भूकम्प गएको चार महिनासम्म पनि कार्यविधि नै नहुँदा पुनर्निर्माणमा ढिलाइ हुन गएकोभन्दा लाज लाग्ने गरेको बताउनुभयो ।
कपडा बैङ्क स्थापना हुनेले दिने, नहुनेले लिने
बुटवलमा कपडा बैङ्कको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एन्ड फुड बैङ्क नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको हो । नायक राजेश हमाल संरक्षक रहेको क्लोथ एन्ड फुड बैङ्क नेपालले बुटवलमा कपडा सङ्कलनका लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो । सम्झौतापछि शनिबार औपचारिक रूपमा बुटवलमा क्लोथ बैङ्क सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो । प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासका लागि बजेट खर्च गर्दै आएको चर्चा गर्नुभयो । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका ठाउँ ठाउँमा कपडा सङ्कलन केन्द्र स्थापना गरेर पुराना कपडा जम्मा पारी त्यसलाई प्रशोधन गरेर नहुनेले प्रयोग गर्न सक्ने बताउनुभयो ।
व्यवसायीले मागे विकास
राजीतिक दलले बुटवलबाट प्रदेश राजधानी दाङ सार्दै गर्दा बुटवललाई आर्थिक राजधानी र रुपन्देही जिल्लालाई आर्थिक केन्द्र बनाउने भनी गरेको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । उक्त प्रतिबद्धता पूरा गर्दै रुपन्देही र यस क्षेत्रका राष्ट्रिय आयोजना बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिङे सडक, तिनाउ नदीमा बनाउने भनिएको सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, बेलबास–बेथरी सडक, तिनाउ कोरिडोर निर्माण र मोतीपुर औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न दबाबसमेत दिइएको छ ।
जनक्रान्तिको जग फागुन ७
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६३ मा एक सम्बोधनमा भन्नुभएको थियो, “यी सहादत प्राप्त गर्नेहरूको जीवन व्यर्थैमा गएको छैन । यो राष्ट्रमा स्वतन्त्रताको नयाँ आरम्भ हुने छ र जनताद्वारा जनताको शासन, जनताकै लागि स्थापित हुने छ ।” स्मरणीय छ, नेपाल र अमेरिकाको इतिहास एउटै होइन, उस्तै होइन । नेपाल देशभित्रै निरङ्कुश शासकको क्रूर शासनबाट शासित भयो तर अमेरिका पराधिन भयो । पराधिन परिवेशको चङ्गुलबाट मुक्त गर्न अमेरिकी नागरिक जसरी सङ्घर्षमा होमिए, नेपाली नागरिकले आन्तरिक स्वतन्त्रताकै लागि गरेको क्रान्तिकारी सङ्घर्ष झन् गौरवमय छ । राणाशासनको जन्जिरबाट ने
बैरगनियाबाट क्रान्तिको उद्घोष
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना नेपालको एकीकरण हो भने दोस्रो महत्वपूर्ण घटना प्रजातन्त्रको प्राप्ति हो । आधुनिक नेपालको सम्पूर्ण राजनीतिक चिन्तन यिनै दुई महत्वपूर्ण परिघटनाको केन्द्रीयतामा घुमेको देखिन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा मुख्य भूमिका निर्वाह गरे । उहाँका उत्तराधिकारीहरूले एकीकरण अभियानलाई निरन्तरता दिए । यसै गरी नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्यो र अन्य दलहरू तथा नेपाली जनताले साथ दिए ।
राणाशाही ढलेको दिन
विसं २००७ फागुन ७ गते मुलुक नयाँ युगमा प्रवेश गरेको हो । त्यस दिनलाई आधुनिक इतिहासको प्रारम्भ बिन्दु मानिन्छ । ऐतिहासिक जनक्रान्तिद्वारा शताब्दी लामो राणा शाही ढालेर प्रजातन्त्र स्थापना भएकाले फागुन ७ मुलुक र प्रजातन्त्र पक्षधरहरूका लागि ऐतिहासिक महत्वको दिन हो । मुलुकको इतिहासमा त्यो आजसम्मकै ठुलो प्रजातान्त्रिक आन्दोलन हो । राष्ट्रियताको जग पनि त्यही आन्दोलनको बलमा खडा भएको थियो । जसको नेतृत्व नेपाली कांग्रेसले ग¥यो । त्यसैले कांग्रेसलाई पन्छाएर नेपालको राजनीतिक इतिहासले पूर्णता पाउँदैन भनिएको हो । विसं १९९३ जेठ मा गठित प्रजापरिषद्ले राणा शासनविरुद्ध पहिलो राजनीतिक तथा सङ्गठित विद्रोह गर्न खोजेको थियो । प्रजापरिषद्को मुख्य उद्देश्य पनि राणा शासन अन्त्य गरी संवैधानिक राजतन्त्र अन्तर्गत प्रजातन्त्रको अभ्यास गर्ने थियो । प्रजापरिषद्भित्रकै सदस्यले विद्रोहको सङ्केत राणालाई गराएपछि त्यसले मूर्त रूप लिन सकेन । सङ्गठनकै कार्यकर्ताको
योजनाको बजेट कटौतीले दुःखी छौँ
इलामको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका साबिकका माईमझुवा, सुलुबुङ, माबु, जमुना गाविस र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर बनाइएको छ । जिल्लाको कुल एक हजार ७०६ वर्ग
उदयपुरगढी कब्जा गर्दा...
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमध्ये नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २००७ सालमा भएको उदयपुरगढी कब्जाको घटनालाई एक महìवपूर्ण र ऐतिहासिक रूपमा लिइन्छ । आमनागरिकले स्वतन्त्र रूपमा बोल्नसमेत नपाउने अवस्थामा तत्कालीन जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी कब्जा गर्नु त्यति सजिलो पक्कै थिएन । सन्त नेता भट्टराईको चातुर्यपूर्ण कुशल नेतृत्वले २००७ साल कात्तिक २६ गते राति उदयपुरगढी कब्जा गर्न आफूहरू सफल भएको बताउनुहुन्छ, सोही आन्दोलनका एक मात्र जीवित योद्धा अम्बरबहादुर थापामगर ।
दुई शताब्दी पुरानो पाटीको पुनर्निर्माण
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको गाईखुरामा नर्मदेश्वर महादेवको मन्दिर छ । स्थानीयका अनुसार जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक यो मन्दिर दुई सय वर्षभन्दा पुरानो हो ।
फागुन ७ को आयाम
जनस्तरबाटै हर्षोल्लासका साथ मनाइँदै आएको राष्ट्रिय दिवसको नाम लिनुपर्दा फागुन ७ गते विशेष स्मरणीय दिन हुन आउँछ । १०४ वर्षदेखि निरन्तर चल्दै आएको जहानियाँ हुकुमी राणा शासन अन्त्य गरी प्रजातन्त्र घोषणा गरिएको दिनको स्मरण राजनीतिक कालखण्डका हरेक चरणमा गरिँदै आएको छ । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उद्घोष भएको दिन हो । यो दिनसम्म आइपुग्न नेपाली जनताले धेरै ठुलो त्याग, तपस्या र बलिदान गरेको इतिहास साक्षी छ । तत्कालीन राजा त्रिभु
आजदेखि कांग्रेस महासमिति बैठक
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
‘गोदावरी सहमति’ र महासमिति बैठक
सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २६ असार २०५१ मा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । टिकट वितरणअघिको बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले आफूसहित महामन्त्री महेन्द्रनारायण निधि र नेता कोइरालाले चुनावमा प्रतिस्पर्धा नगर्ने प्रस्ताव अघि सारे । भट्टराईको यस्तो प्रस्तावमा आफ्नो सहमति नभएको तर लिखित रूपमा केही उल्लेख नगरेको प्रस्ट पार्दै बैठकपछि कोइ
चिकित्सकलाई प्रोत्साहन सुविधाको कार्यविधि तयार
बागमती प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले प्रोत्साहन सुविधा पाउने भएका छन् । विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन भएका प्रदेश सरकारमातहतका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले थप प्रोत्साहन सुविधा पाउने भएका हुन् ।
तनहुँमा जन्ती बोकेको जिप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अनगिन्ती मिडियाबिच समाचार समिति
‘नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि जति अखबारहरू बन्द भए अथवा निस्किरहेकोमा पनि मुस्किल मुस्किलले चलिरहेका छन् । तिनीहरूको कठिनाइको असली कारण आर्थिक र अरू कुरा भन्दा पनि समाचारकै अभावका कारण हो । .... त्यसैले यदि देशमा पत्रकारिताको सुरक्षा गर्ने हो र यसको प्रगति गर्दै लगी प्रजातन्त्र मजबुत तुल्याउने हो भने देशमा एजेन्सीको स्थापना अविलम्ब हुनु आवश्यक छ ।’ यही खाँचोको गर्भबाट जन्मिएको हो नेपालमा समाचार समिति । धेरै पत्र (पत्रिकाहरू) निस्किएकाले ती कसरी बाँच्लान् र तिनले देशभरिको समाचार सङ्कलन गरेर कसरी पत्रिका प्रकाशन गर्लान् भन्ने पिर त्यस समयका सम्पादकमा देखिन्छ । त्यसैले समाचार समितिको आवश्यकताको महसुस भएको होला । मुलुकमा जन्मिएका त्यसताकाका पत्रपत्रि
चित्रकला प्रदर्शनी
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने विश्व सामाजिक मञ्च समारोहमा हिंसाविरुद्धको सन्देश दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा महिला, बालबालिकामाथि हुने घरेलु, सामाजिक हिंसाविरुद्धको सचेतनात्मक चित्रकलाको प्रदर्शनी र कला कार्यशालाको आयोजना गरिएको हो । कलाकार रेणु घिमिरेले फ्रिडम स्टुडियो बानेश्वरले यस चित्रकला प्रदर्शनीमा चित्र बनाउने इच्छा भएका दर्शक, सहभागी र कलाकारले समेत चित्र बनाएर हिंसाको अन्त्यका लागि सन्देश दिएको बताउनुभयो ।
‘कला–संस्कृतिको संरक्षण कम प्राथमिकतामा’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राज्यले कला र संस्कृतिको संरक्षण र विकासलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एक वर्र्षे प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा कार्यक्रममा उहाँले अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रलाई कम प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले कला, साहित्यको उन्नयनका लागि कम बजेट छुट्याएको जिकिर गर्दै समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रमा बजेटको बाँडफाँट हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि सबै सरोकारवाला निकायले सम्बन्धित क्षेत्रमा गई ढोका ढकढकाउनुपर्ने विचार राख्नुभयो ।
निर्वाचनलाई जीवन पद्धतिको रूपमा ग्रहण गरौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
आज अर्थात् फागुन ७ गते आठौँ निर्वाचन दिवस । दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा आम मतदातामा शुभकामना दिनुभएको छ
आगामी बजेटको सीमा अठार खर्ब, छ प्रतिशत आर्थिक वृद्धिको अनुमान
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १८ खर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको वार्षिक बजेट र मध्यकालीन खर्च संरचनाको खाका टुङ्गो लगाउँदै आगामी तीन वर्षको खर्च तथा स्रोत निर्धारण गरेको हो । समितिले आव २०८२/८३ २१ खर्ब र आव २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपियाँ बजेट सीमा पनि निर्धारण गरेको छ ।