त्रियुगा नदी नियन्त्रणको काम अलपत्र, छ अर्बको स्वीकृत आयोजनामा बजेट शून्य
अघिल्लो वर्ष निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नदी नियन्त्रण आयोजनाको काम यो वर्ष बिचैमा अलपत्र परेको छ । यो नदी नियन्त्रण हुन नसक्दा जिल्लाकै सबैभन्दा ठुलो विकराल समस्या बन्न पुगेको छ । सदरमुकाम गाईघाट हुँदै उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र सप्तरीको सप्तकोशी नगरपालिकाको उत्तरपूर्व क्षेत्र भएर सप्तकोशीसम्म जोडिएको करिब एक सय किलोमिटर त्रियुगा नदी नियन्त्रणको काम आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको हो । सरकारले छुट्टै गुरुयोजना बनाएर क्रमागत रूपमा बजेट विनियोजन गर्ने गरी काम सुरु गरेको भए पनि चालु आवका लागि भने बजेटको सुनिश्चितता नहुँदा तटबन्ध निर्माणको अलपत्र परेको हो ।
बैरागीका रचना पुस्तकमा
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ) को अभिनन्दन गरिएको छ । पाँचथर स्रष्टा मञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो । सो अवसरमा कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक रचनाहरू’ पुस्तक लोकार्पणसमेत गरिएको थियो ।
‘घरज्वाइँ’ को छायाङ्कन
चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कन रुकुमपूर्वको भूमे गाउँपालिका–१,लुगुमगाउँबाट सुरु गरिएको छ । अनिल बुढामगरको लेखन र निर्देशनमा चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रको छायाङ्कन ढोरपाटन आसपासका रमणीय स्थानमा पनि गरिने भएको छ ।
रोबोट र मानवको प्रेमकथा
चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ ।
चिराइतो निकासी वृद्धि
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो । जिल्लामा चिराइतो उत्पादनमा कमी आइरहेको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।
अफवाह फैलाउनेलाई कारबाही गर्न आग्रह
नेपालको बैङ्किङ क्षेत्रबारे पछिल्लो समय आधारहीन अफवाह फैलन थालेको भन्दै सो क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आइतबार संयुक्त वक्तव्य जारी गर्दै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।
सस्तोमै टेलिकमको ‘रोमिङ’
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।
रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ ।
जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित
बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उहाँकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आउनुभएका राई दम्पतीको नागरिकता नभएकै कारण उहाँहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् ।
घट्यो दलहरूको आम्दानी
राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।
फोटो पत्रकार वन्त नगदसहित सम्मानित
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित हुनुभएको छ । वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सव अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुनुभएको हो ।
करिब ७० हजारले गरे कृषि महोत्सव अवलोकन
काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् ।
कञ्चपुरको दक्षिणी क्षेत्रमा वन्यजन्तुको त्रास
दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो ।
पत्रकारितालाई परिस्कृत बनाउनु पर्छ : सभामुख पाठक
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ ।
पिस प्वाइन्ट क्वाटरफाइनलमा
पिस प्वाइन्ट १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नौ जनालाई ‘नइ पुरस्कार’
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्नेछ : विदेशमन्त्री वाङ
चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताउनुभउको छ ।
भिमसेन तारासँग सेना पराजित
गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ ।
कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताउनुभएको छ ।
जिल्लास्तरीय तेक्वान्दो सुरु
दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।
ताप्लेजुङमा चिराइतो निकासीमा वृद्धि
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ ।
बर्दीबासमा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल
बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।
सहमतिपछि सरस्वती माताको मुर्ति विर्सजन
रौतहटको ईशनाथ नगरपालिका ५ स्थित गत दुई दिनदेखि बाटोमै राखिएकाे सरस्वती माताको मुर्ति विसर्जन गरिएको छ ।
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।