बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उदघाटन गर्नुभयो ।
गाजा युद्धपछि स्वेज नहरको राजश्व ४०–५० प्रतिशतले घट्यो
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले गाजापट्टीमा युद्ध र लाल सागरमा हालैको तनावपछि स्वेज नहरको राजश्व ४०–५० प्रतिशतले घटेको बताउनुभएको छ ।
नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य
एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।
ऊर्जा सङ्क्रमणबारे छलफल गर्न इजिप्टमा अन्तर्राष्ट्रिय सम्मेलन
ऊर्जा सङ्क्रमणका चुनौती र अवसरहरूबारे छलफल गर्न सोमबारदेखि इजिप्टमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सुरु भएको छ । इजिप्ट इनर्जी शो फेब्रुअरी २१ सम्म चल्नेछ ।
भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।
विष्णुमती कोरिडोरका अवैध संरचना हटाउन सुरु
टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।
मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित
समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् ।
बाल सुधार गृहमा झडप : तीन बालक घाइते
पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् ।
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई दृष्टिगत गर्दै मङ्गलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक
पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगन्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्रे पनि सकिएको छ ।
दुई सय वर्ष पुराना घरेलु सामग्रीहरुको सङ्ग्रहालय स्थापना
दुई सय वर्ष पुराना घरेलु सामग्री सङ्कलन गरेर खोटाङमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।
आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।
रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।
देशभर २० सुरुङमार्ग निर्माण प्रक्रियामा
छिल्लो समय देशभर सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । देशभर २० वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढेको छ ।
धादिङमा बजार अनुगमन तीव्र
जिल्ला अनुगमन समिति धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी
खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनः जीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ ।
चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ
काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो ।
सहरी सरसफाइ योजना कार्यान्वन गर्दै चन्दननाथ नगरपालिका
जुम्लाको चन्दननाथ नगरपालिकाले सहरी सरसफाइ योजना कार्यान्वन गर्न लागेको छ ।
कृषक पाठशाला प्रभावकारी बन्दै
किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ ।
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि
समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ ।
कृषिका लागि ६०२ जना श्रीलङ्काली इजरायल प्रस्थान
जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
कांग्रेसले १२ जिल्लाका प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने
नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा १२ जिल्लाका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।
बाजुरामा वर्षासँगै पुनः हिमपात
वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।