अब मुग्लिङ सडक बन्द नहुने
पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ । यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो । सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
कांग्रेस सुदृढीकरणका चार प्रस्ताव
नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफलका लागि पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका छन् । ललितपुरको गोदावरीमा जारी बैठकको दोस्रो दिन मङ्गलबार नीति प्रस्ताव, साङ्गठनिक प्रस्ताव, समसामयिक राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
दीपेन्द्रको ‘मारेउ मलाई’
गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली मेलोडिज युट्युब च्यानलबाट सार्वजनिक गीतमा रमेश लुइटेलको शब्द छ भने कम्पोज गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको गर्नुभएको छ । गीतमा दीपेन्द्रराज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ ।
‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन
नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ । २५ औँ भारत रङ्ग महोत्सवमा नाटक मञ्चन गरिएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल) मा मञ्चन गरिएको हो । नयाँ दिल्लीको एलटिजी अडिटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडिटोरियममा फेब्रुअरी १९ मा नाटक मञ्चन गरिएको हो । नाटकको मुख्य स्रोत रामायण हो ।
लिम्बू भाषाको चलचित्र ‘लोजिमा’
फिदिमको छाब्दीवाराही मन्दिरमा लिम्बू भाषाको कथामा आधारित चलचित्र ‘लोजिमा’ को विशेष प्रदर्शन गरिएको छ । लिम्बू परिवेशको कथा रहेको सो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । लिम्बू युवकयुवतीको मायापिरतीको कथा रहेको चलचित्रको माध्यमबाट लोपोन्मुख लिम्बू भाषा र लिपिको प्रवर्धन हुने विश्वास गरिएको छ । चलचित्रको संवाद अधिकांश लिम्बू भाषामा रहेको छ ।
श्रमिकको हित र सुरक्षाप्रति प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकको हित र सुरक्षाका लागि सुरु गरिएको विश्वव्यापी सामाजिक न्यायको अभियान कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियान दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आयोजनामा मङ्गलबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री भण्डारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कामप्रति असन्तुष्टि
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यक्षमतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असन्तुष्टि जनाउनुभएको छ । चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरबाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको भन्दै मन्त्री बस्नेतले केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकाललाई स्पष्ट विवरण पेस गर्न निर्देशन पनि दिनुभएको छ । मङ्गलबार मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री बस्नेतले कार्यक्षमता सुधार गर्नसमेत निर्देशन दिनुभएको हो । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएको भन्दै मन्त्री बस्नेतले त्यसका कारण र उपायहरू पेस गर्न निर्देशन दिनुभएको हो ।
प्राङ्गारिक मल उत्पादनमा खड्का
वैदेशिक रोजगारमा १६ वर्ष काम गरेर नेपाल फर्किनुभएका मोरङको उर्लाबारी–९, बाँसबारीका राजीव खड्काले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । सन् २०१९ मा नेपाल फर्किनुभएका खड्काले सुरुमा आमा कृषि फार्म दर्ता गरेर गाई र बाख्रापालन गर्न थाल्नुभएको थियो । दुबई, कतार र कुवेतमा गरी १६ वर्ष बस्नुभएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नुभएको थियो । मासिक छ लाख ५० हजार रुपियाँ कमाएका खड्कालाई नेपाल फर्केर कृषि उद्यम गर्ने भोक जाग्यो र उहाँ परिवारसहित घर फर्किनुभयो ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ? जर्मनी (सन् २०२४ फेब्रुअरी) – विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । – जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी) २. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
राष्ट्रिय वातावरण नीतिका उद्देश्य १. वातावरणीय न्याय भनेको के हो ? राष्ट्रिय वातावरण नीति, २०७६ का उद्देश्यहरू उल्लेख गर्दै यस नीतिले वातावरणीय न्यायका सम्बन्धमा अवलम्बन गरेका रणनीति उल्लेख गर्नुहोस् । वातावरणबाट प्राप्त हुने लाभ र हानिको स्वच्छ र समतामूलक वितरण हुनुपर्ने मान्यता नै वातावरणीय न्याय हो । वातावरणीय ह्रासबाट विशेष गरेर पिछडिएका तथा आर्थिक रूपमा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने हुँदा वातावरणसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्दा त्यस्ता समुदायको आवाज सुनिनुपर्ने र अधिकार स्थापित हुनुपर्ने मान्यता यस अवधारणाले अँगालेको पाइन्छ । यस अवधारणाले समाजमा रहेका सबै वर्ग, क्षेत्र वा समुदायका मानिस वातावरणीय जोखिमबाट समान रूपमा
सुनको आयात उनन्साठी प्रतिशतले घट्यो
स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।
सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैङ्क
बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैङ्कले ध्यानाकर्षण भएको जनाएको छ ।
कतै पिरा, गुन्द्री कतै दुई कार्यालयबाट सेवा
सर्वसाधारण जनतालाई सेवा दिन स्थानीय तहले आआफ्नै शैली अपनाएका छन् । कुनै शैली अलि अचम्मलाग्दा छन् त कुनै ज्यादै व्यावहारिक पनि । जनस्तरमा सेवा प्रदान गर्ने झापा र स्याङ्जाका दुई वडाले गरेका कार्य त्यस्तै उदाहरणीय छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ का निर्वाचित प्रतिनिधि कुर्सीमा बस्दैनन्; पिरा र गुन्द्रीमा बसेर काम गर्छन् । उनीहरू मात्र होइन, जोसुकै विशिष्ट व्यक्ति आए पनि गुन्द्री वा पिरामा नै बसाइन्छ ।
मिलेमतोमा शिक्षक दरबन्दी गायब
राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ । यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि दरबन्दी लुकाउने प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताउँदै भन्नुभयो, “दरबन्दी लुकाउन पाइँदैन । खाली दरबन्दी केन्द्रमा पठाउनै पर्छ ।”
बागमती प्रदेश सभा बैठक आह्वानको सिफारिस
बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन यही फागुन १५ गतेका लागि आह्वान भएको छ। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिस गरेको हो।
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल
सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो।
बागमती गोल्डकप : एपिएफ फाइनलमा
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
पाल्पाको विजयी सुरुवात
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
दाङमा स्वर्गद्वारी गुठी पीडित किसान आन्दोलित
दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानले मङ्गलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।
लोयल्टी र काभ्या क्वार्टरफाइनलमा
आयोजक लोयल्टी ‘बी’ र काभ्या १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
बीभत्स हत्यापछि गाडिएको शवको सनाखत
जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ ।
महासमिति बैठकमा महामन्त्री शर्माको १० बुँदे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।