एमाले बैठक : समूहगत छलफलमा टोली नेता चयन
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ ।
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेस गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताउनुभएको छ ।
जिप दुर्घटना हुँदा पाँच घाइते
सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ टाट्केमा अनियन्त्रित भई जिप दुर्घटना भएको हो ।
दीर्घसेवी पाँचजना गोरखापत्रकर्मी सम्मानित
गोरखापत्र संस्थानमा दीर्घसेवा प्रदान गरी सेवानिवृत्त हुनुभएका कर्मचारीको सेवाको कदर गर्दै पाँचजना कर्मचारीलाई सम्मान गरिएको छ । संस्थानमा बुधबार आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले उहाँहरुलाई सम्मान गर्नुभयो ।
डकैतीको घटनाले स्थानीय त्रसित
सर्लाहीको लालबन्दी बजारमा सोमबार राति भएको डकैतीको घटनापछि स्थानीय बासिन्दा र व्यवसायीले सुरक्षा चिन्ता व्यक्त गरेका छन् ।
वन्खण्डी र प्रितम दासको प्राण प्रतिष्ठा
धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा श्री चन्द्र बाबा, बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा गरिएको छ।
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई
नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई प्रदान गरिएको छ ।
कुरल गाउँमा पुरुषको शव फेला
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –७ कुरल गाउँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका –१२ निवासी अबिर ओलीका छोरा अन्दाजी ५० वर्षीय प्रेमबहादुर ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग दुई विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।
बेलहियाबाट पाँच अर्ब ६८ करोडको नेपाली उत्पादन निर्यात
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन ।
सङ्घीयता बलियो बनाउन सबै लाग्नुपर्छ : सभामुख भण्डारी
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले लोकतान्त्रिक सङ्घीय गणतन्त्र बलियो पार्न सबैले आ–आफ्नो तप्काबाट कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।
पालिकाले आफ्नै पाठ्यपुस्तक बनाउँदै
आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । एक वर्षबाट कक्षा १ देखि ८ मा पाठ्यक्रमको आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षबाट पुस्तकबाट पढाउने गरी तयारी थालेको हो ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ ।
इँवाखोलाको उत्पादन ठप्प
ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित इँवाखोला जलविद्युत आयोजनाको उत्पादन विगत आठ महिनादेखि ठप्प छ ।
एक वर्ष अगावै नेपालगन्ज–गुलरिया सडक पूरा हुने
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ ।
प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा
पछिल्लो समय झापा सहित पूर्वी नेपालमा भारतबाट आउने गरेका जङ्गली हात्तीले मानवीय र भौतिक रूपमा ठुलो क्षति पुर्याउन थालेपछि कोशी प्रदेश सरकारले मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा ‘प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा २०८०’ सुरु गरेको छ ।
लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा सांस्कृतिक सङ्ग्रहालय
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पुर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।
सवारी दुर्घटनामा दुईको मृत्यु
दाङको घोराहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सर्रामा मोटरसाइकललाई बोलेरो पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
इलामको रोङमा बेसार खेती प्रवर्द्धन गरिँदै
इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो ।
राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।
अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन
दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ ।
दुईसय विपन्न परिवारलाई ग्यास चुल्हो
खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ ।
हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध
बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेको कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।
लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ ।