दुर्घटना न्यूनीकरणमा सबै सरोकारवाला गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको जानकारी दिनुहुँदै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको छ ।
पाकिस्तानका प्रमुख दल गठबन्धन सरकार बनाउन सहमत
पाकिस्तानका दुई प्रमुख राजनीतिक दलहरू, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्रमा गठबन्धन सरकार गठन गर्न सहमत भएका छन् ।
क्यालिफोर्नियामा शक्तिशाली आँधीबाट जनजीवन प्रभावित
क्यालिफोर्नियामा आएको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । मङ्गलबार आएको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको हो ।
जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै
जुम्लामा ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुवेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।
तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्
सेतो पहरामा दुर्घटनाको असर : चित्लाङ–मार्खु क्षेत्रमा घटे पर्यटक
विगतमा पर्यटकले खचाखच हुने मकवानपुरको उत्तरी क्षेत्रको चित्लाङ–मार्खु क्षेत्रमा अहिले पर्यटकको चहलपहल घटेको छ । गत पुसको अन्तिममा गणेशमान सिंह मार्गको चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत काठमाडौँतर्फ सवारीसाधन दुर्घटनासँगै पर्यटकीय स्थल चित्लाङ–मार्खु क्षेत्रमा पर्यटकको आगमन घटेको हो । चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत सेतो पहरामा पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएसँगै उक्त मार्ग भएर सवारीसाधनको आवागमन ह्वात्तै घटेको छ ।
राष्ट्रपति पौडेल बागलुङ पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउनुभएको हो ।
न्यायिक समितिमा धाउँछन् बिल्लीबाठ मिटरब्याजपीडित
विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीको विवाहका लागि एक लाख सात हजार रुपियाँ ऋण लिनुभएको थियो । ऋण लिँदा सुनीलकुमार साहसँग सयकडा अढाईको ब्याजदर सर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कट्ठा जग्गा धितो राखेर दिएको ऋणले मण्डलकी छोरीको विवाह भयो । मण्डलले त्यसपछि जति बुझाए पनि ऋण सकिएन । ११ वर्षपछि मण्डलका नाममा साहलाई बुझाउन १९ लाख ९३ हजारको तमसुक छ ।
महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिका लाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ ।
चौदण्डी गढी र उदयपुरगढी पालिका उत्कृष्ट बेलका सबैभन्दा कमजोर
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९-८० मा उदयपुरका दुई पालिका उत्कृष्ट बनेका छन् । स्थानीय सरकारले एक वर्षमा गरेको विभिन्न कामको मूल्याङ्कनमा नेकपा एमालेले नेतृत्व गरेको चौदण्डी गढी नगरपालिका र नेकपा एकीकृत समाजवादीले नेतृत्व गरेको उदयपुर गढी गाउँपालिका उत्कृष्ट बनेका हुन ।
पालिकाको मुहार फेर्न लागिपरेका छौँ
बागलुङ जिल्लाको दक्षिणी भेगमा पर्ने बरेङ गाउँपालिकामा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी पाँच वटा गाविस समावेश गरिएको छ । पूर्वमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका पर्दछन् । यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । जिल्लाको दुर्गम गाउँपालिकका रूपमा परिचित रहेको पालिका स्थानीय तह कार्यान्वयन आएसँगै विकास निर्माणले गति लिन थालेपछि सुगम पालिकाका रूपमा चिनिन थालेको छ । ३३ वर्षको उमेरमा पालिका अध्यक्षमा निर्वाचित कृष्णप्रसाद शर्मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष शर्मासँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
नयाँ बसपार्क निर्माणमा ढिलाइ
जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ । १० महिनाअघि तानसेनस्थित वनदेवीमा बसपार्क बनाउन सुरु गरिए पनि निर्माणको कामले गति लिन सकेको छैन । नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र नगरपालिकाको ३० प्रतिशत आफ्नै स्रोतमा वनदेवीमा नयाँ बसपार्क बनाउन सुरु गरिए पनि काममा ढिलाइ भएको छ । नयाँ बसपार्क निर्माणका लागि १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको छ ।
ट्रक र पिक अप ठोक्किँदा दुईको मृत्यु, चार जना घाइते
ट्रक र पिक अप एक आपसमा ठोक्किँदा दुईको मृत्यु हुनुको साथै चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला नुवाकोट विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० बर्से सुजन मगराती र भारतको बिहार राज्य मोतहारी जिल्ला मधुवन थाना कुन्दनपुर गाउँ बस्ने २८ बर्से चन्दन चौहानको मृत्यु भएको हो ।
डिजाइन बदलेपछि पुल निर्माण
मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले दिएको जानकारी अनुसार सानीभेरी नदीमाथिको उक्त पुलको डिजाइन परिवर्तन गरेपछि अहिले काम तीव्र रूपमा भइरहेको छ । तीन वर्षमै निर्माण सम्पन्न हुने गरी २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल सात वर्षसम्म पूरा हुन सकेको छैन ।
बजेट अभाव हुँदा अस्पताल निर्माणमा ढिलाइ
कैलालीको दुर्गम मोहन्याल गाउँपालिकामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलाइ भएको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताउनुभयो । “ हाल भइरहेको कामको पनि भुक्तानी दिन सकिएको छैन,” इन्जिनियर भण्डारीले भन्नुभयो, “निर्माण कम्पनीलाई पालिकाले एक करोड रुपियाँ पेस्की दिएको थियो । त्यसपछिको कामको भुक्तानी हुन सकेको छैन ।”
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । बैठक मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको थियो ।
माओवादी स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
सुरक्षित बैङ्किङ
मुलुकको अर्थव्यवस्थाको मेरुदण्डका रूपमा रहेको बैङ्किङ क्षेत्रमाथि केही समययता सुनियोजित तवरले आक्रमणमा उत्रिएको स्वार्थी समूह सक्रिय रहेको देखिएको छ । यो समूहद्वारा निजी क्षेत्रको व्यापार/व्यवसायमा सम्बद्ध केही सङ्घ संस्थालाई उक्साएर अघिल्लो सरकारको पालादेखि नै बैङ्क तथा वित्तीय संस्थाविरुद्ध सडकमा आक्रोश पोख्ने क्रम चल्दै आएको थियो । देशका विभिन्न स्थानमा बैङ्क तथा वित्तीय संस्थाविरुद्ध दबाब र त्रास फैलाउने गरी अराजक गतिविधि गर्दै आएको
प्रजातन्त्र र आर्थिक रूपान्तरण
२०८० फागुन ७ गते यस वर्षको प्रजातन्त्र दिवस भव्य रूपमा मनाइएको छ । निरङ्कुश राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना हुनु पक्कै पनि ऐतिहासिक र गौरव गर्नलायकको विषय हो । प्रजातन्त्र स्थापनाको जगमा यसलाई फुलाउन फलाउन के कति प्रयत्न भए र आगामी दिनमा के कस्ता पक्षमा जोड दिनु पर्छ भन्ने बारेमा यस आलेखमा चर्चा गरिएको छ ।
श्रम अडिटको अभ्यास
व्यवस्थापकले श्रमिकसँग सम्बन्धित कामकाज कानुन तथा नीति, नियमसम्मत गरेको छ वा छैन भनी परीक्षण गर्ने साधन श्रम अडिट हो । नेपाल सरकारले श्रम अडिटलाई प्रभावकारी बनाउन श्रम अडिट मापदण्ड–२०७५ कार्यान्वयमा ल्याएको पाँच वर्ष भइसक्दा पनि प्रतिष्ठानका व्यवस्थापकले श्रम अडिटलाई प्राथमिकतामा राख्न सकेका छैनन् । श्रम अडिटको स्पष्ट कानुनी, नीतिगत तथा कार्यविधिको व्यवस्था हुँदा पनि जानेर हो वा नजानेर हो, प्रतिष्ठानहरूले श्रम अडिटलाई ठुलै सम
महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।