सामाजिक सुरक्षा कोषमा करिब पचास अर्ब
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ । कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो । कोषको कार्यक्रम २०७५ मङ्सिर ११ गते सुरुवात भएर २०७६ साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आएको कोषमा १८ हजार ७०८ रोजगारदाता र ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनामा गरी चार योजनामा एक
कार्यसम्पादनमा कोशी अगाडि लुम्बिनी कमजोर
वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा अधिकांश प्रदेश औसतभन्दा निकै कम अवस्थामा देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा प्रदेशहरूको कार्यदक्षता कमजोर पाइएको हो ।
न्यायिक समितिमा छलफल गर्ने सहमति
अनुचित लेनदेनमा मुछिएको नवलपुरको हुप्सेकोट गाउँपालिका–४, शङ्खदेवको श्री शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालय र पीडित स्थानीय भीमबहादुर दर्लामी पक्षबिच गाउँपालिकाको न्यायिक समितिमा छलफल गर्ने सहमति भएको छ । न्यायिक समितिमा पनि सहमति नभए छानबिन समिति बन्ने भएको छ ।
अन्तर्राष्ट्रिय उडान डाइभर्ट
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै पनि विभिन्न मुलुकबाट नेपाल भित्रिएका जहाज भने अझै भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।
सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।
खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।
प्रथम लालबन्दी महोत्सव सुरु
“कृषि, पर्यटन र व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।
काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।
पिस प्वाइन्ट र काष्ठमण्डप उपाधि नजिक
पिस प्वाइन्ट र काष्ठमण्डप १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
जाखोर तालमा चराको उपस्थिति बाक्लो
धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ । पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।
साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने
चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सन्धिखर्क नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशका ७५३ पालिकामध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका नेपालकै उत्कृष्ट भएको हो ।
भारतमा किसानमाथि प्रहरी कारबाहीमा एकको मृत्यु
भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।
पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड
पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिबान सत्तामा फिर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकद्वारा अमेरिकाको निन्दा
दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो ।
नारायणगढ-बुटवल सडकखण्ड विस्तार तीव्र
राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार तीव्र पारिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको आलोचना खेपीरहेको आयोजनाले पछिल्लो समय दिनरात काम भइरहेको जनाएको छ ।
दक्षिण चीनमा पुलसँग जहाज ठोक्किँदा दुईको मृत्यु, तीन बेपत्ता
दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।
क्यानडालाई एक दिवसीय सिरिज
नेपाल ‘ए’ विरुद्ध तीन खेलको एक दिवसीय सिरिज क्यानडाले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हरायो ।
धरान रन शनिबार
धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक सन्तोष राईले बताउनुभयो ।
हुम्लाको खाद्य गोदाममा ६ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लिमिटेडको हुम्ला शाखाको गोदाममा छ हजारभन्दा बढी खाद्यान्न मौज्दात रहेको पाइएको छ ।
अतिक्रमण वा कब्जा गरेको जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई गृहको निर्देशन
सरकारले देशभर अतिक्रमण वा कब्जा गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशक दिएको छ ।
बुढासुब्बा गोल्डकप फागुन अन्तिममा
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको हो ।