सामाजिक न्याय, सुशासनका पक्षमा दृढतापूर्वक काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
गोरखापत्रकर्मी कार्कीलाई शाइन आर्थिक पत्रकारिता पुरस्कार
शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक भुवन कार्की पुरस्कृत हुनुभएको छ ।
विधायनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो ।
कार्यसम्पादनमा हरिपूर्वा कमजोर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम अङ्क प्राप्त गरेको छ ।
यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नुपर्छ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नु पर्ने बताउनु भएको छ ।
सुनथराली विमानस्थलको औपचारिक उद्घाटन हुने
कालीकोटको नररहीनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक–पटक औपाचारिक उद्घाटनका लागि मिति तय भए पनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते मङ्गलबार हुने भएको हो ।
कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका सर्जक गिरी ?
गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उहाँको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ?
नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामविर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ ।
राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलको आह्वान
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानुनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।
मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाइने
मुलुकभरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।
राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग
राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो ।
काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन
न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।
सिमकोटमा १५ घण्टा लोडसेडिङ
पावर हाउसका लागि आवश्यक पर्ने पानीको श्रोत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो ।
मगर दिवसमा हरिनासमा सार्वजनिक बिदा
स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ ।
कृषकलाई गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी तालिम
गुल्मीमा नर्सरी उत्पादन कृषकहरुलाई गुणस्तर बिरुवा उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
एमाले कैलाली अधिवेशन : छैटौं दिन मतदान सुरु
नेकपा एमाले कैलाली जिल्लाको अधिवेशन सुरू भएको छैटौं दिन मतदान प्रक्रियामा गएको छ
काभ्रेमा पानीका मुहान जोगाइँदै
काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाएर पारित गर्नुपर्छः सचेतक बर्तौला
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सडकमै सुतेर मोही किसानद्वारा विरोध प्रदर्शन
स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् ।
मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु
मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।
महासमितिमा महिला नीतिमा छलफल हुन सकेन : कांग्रेस नेत्री
नेपाली कांग्रेसका नेत्रीहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।