• १२ साउन २०८१, शनिबार

मगर दिवसमा हरिनासमा सार्वजनिक बिदा

blog

हरिनास गाउँपालिकाको कार्यालय ।

राधाकृष्ण डुम्रे

वालिङ, फागुन ११ गते । स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, स‌ंघसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिइएको उल्लेख गरिएको छ । गाउँपालिकाको फागुन १० गतेको निर्णय अनुसार सार्वजानिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिनुभयो । विगतका वर्षमा गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा दिँदै आएको मानन्धरको भनाइ छ ।  

गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको पालिकाले जनाएको छ ।