डेढ लाख बालबालिकालाई खोप लगाइने
कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
काम नगरेपछि अग्रिम भुक्तानी जफत
रुकुमपश्चिममा निर्माणको जिम्मा लिएर काम नगर्ने एक निर्माण कम्पनीको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले सपना शैलुङ जेभी काठमाडौँको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरेको हो । जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको उक्त कम्पनीले नौ वर्षसम्म काम नगरेपछि अग्रिम भुक्तानी ग्यारेन्टी सरकारी राजस्वमा जम्मा गरिएको हो ।
बालविवाह रोक्न धामी सक्रिय
बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो । सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
अस्पतालको सेवाप्रति बिरामीको गुनासो
पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको गुनासो बढेको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
हुम्डे विमानस्थल अलपत्र
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौँ रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङी मुक्त हुन सकेका छैनन् ।
‘मिटरब्याज पीडितको जायज माग सम्बोधन हुने’
देशका विभिन्न स्थानबाट पैदलयात्रा ९न्याय मार्च० गर्दै काठमाडौैँ पुगेका मिटरब्याज पीडितले आज भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिनको लामो ‘न्याय मार्च’ गरेर काठमाडौँ आएका हुन् ।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय चित्रकला पर्यटन र दिक्तेल
१४ देशका ४३ जना वरिष्ठ चित्रकारको उपस्थितिमा २०८० असोज १७ देखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष प्लेन एयर कार्यशाला २०८०’ दिक्तेल बजार र आसपासको क्षेत्रमा आयोजना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिमाना महुरेगढीदेखि दिक्तेल बजार भानुचोकसम्म दर्जनौँ ठाउँमा पाहुनाको स्वागतका लागि उपस्थित भएका थिए हजारौँ मानिसहरू । लामबद्ध थिए ७–८ वर्षका बालबच्चादेखि ८५–९० वर्षका अग्रज हजुरबा–हजुरआमासम्म । न दुधे बालबच्चाको प्रवाह थियो, न सुत्केरी महिलाको लेखाजोखा । न दुहुनु भैँसीको हेरचाह भयो त्यो दिन, न पल्लाघरे साइली आमालाई औषधी खुवाइयो ।
नेपाल टेलिकमद्वारा निः शुल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
बालबालिका हुर्काउने दायित्व
बालबालिकालाई असल, सक्षम र योग्य व्यक्ति बनाउने विषयमा अभिभावकको महìवपूर्ण भूमिका हुन्छ । अभिभावकको यो योगदान परिवारमा मात्र सीमित नरहेर समाजको रूपान्तरण र राष्ट्रको समुन्नतिसँग पनि जोडिएको हुन्छ । हरेक बाबुआमाले असल अभिभावकत्व निर्वाह गर्न सकेको खण्डमा बालबालिका परिवार, समाज र राष्ट्रको सबल खम्बाको रूपमा विकसित हुन सक्छन् । असल र सफल अभिभावकत्वको कुरा गर्दा अल्बर्ट आइन्स्टाइनका अभिभावकको दृष्टान्त धेरैले दिने गरेको पाइन्छ । विद्यालयले आइन्स्टाइनलाई सिक्न नसक्ने भनेर निस्कासन गरेको पत्रलाई संयमतापूर्वक र सुझबुझपूर्ण तरिकाले छो
धार्मिक समावेशिताको मूल्य
ढुङ्गे युगदेखि मानव समूहमा बसी प्राकृतिक विपत्तिसँग जुध्दै अनि अदृश्य शक्तिको आराधना गर्दै आयो । यसैबिच नायक, गणनायक, सम्राट्, ईश्वर, जात, धर्म आदिसम्बन्धी मान्यता जन्मिए । शासकीय एवं सम्भ्रान्तीय स्वार्थवश मानवीय चेतनालाई अलौकिक चेतना र परम्परित सोचभित्र बाँध्न धर्मको उत्पत्ति गरियो । यो एक जीवनशैली मात्र हो तर यसकै कारण विश्वमा मानवले विभेद, उत्पीडन, द्वन्द्व, विग्रह तथा अस्तित्व रक्षाका लडाइँ लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । नेपाल भने
असारसम्म सबै घरमा बिजुली बाल्छौँ
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका साबिक छ वटा गाविस मिलेर बनेको स्थानीय तह हो । मध्यपहाडी राजमार्गले छोएको यो स्थानीय तहले विकासका लागि निकै सम्भावना बोकेको छ । यस गाउँपालिकामा २०७९
आत्माको आवाज र सत्य
आफ्नो आत्माको आवाज सुन, त्यहाँ तिमी सत्य भेटाउँछौँ’ – सन्त कविर सन्तजनहरू भन्छन्– एक व्यक्ति जीवनभर म खुसी हुनु पर्छ भनेर होइन अरूलाई म खुसी भएको देखाउनु पर्छ भनेर भागदौड गरिरहन्छ । म सुखी हुन्छु भनेर होइन अरूका अगाडि दुःख लुकाउनु पर्छ भनेर दौडिरहेको हुन्छ । म कस्तो छु भनेर होइन अरूले मलाई कस्तो देख्नुपर्ने हो भनेर भागदौड गरिरहन्छ । जीवनको ९० प्रतिशत ऊर्जा अ
धरानमा एयरपोर्ट बनाउन सकिँदैनः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ ।
फोटोले बदलियो जीवन
दैलेखमा जन्मिनुभएका फोटो पत्रकार भरतबन्धु थापा कुनै बेला भक्तपुरको वासु उच्च मावि गणितका शिक्षक हुनुहुन्थ्यो तर २०५० सालमा जब उहाँको हातमा क्यामरा प¥यो त्यसपछि उहाँको जीवन नै बदलियो । फोटो पत्रकारिताको धेरै नै रुचि राख्नुहुने उहाँले क्यामरालाई छाड्न सक्नुभएन र शिक्षक पेसा छाड्नुभयो । उहाँको तस्बिरप्रतिको लगाबका कारण उहाँ ७७ वटै जिल्ला घुमिसक्नुभएको छ । उहाँ जिल्ला घुम्नुहुन्छ र त्यहाँका कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्मका दृश्यलाई आफ्नो क्यामरामा कैद गर्नुहुन्छ । यो पेसाले नेपाल चिन्ने र चिनाउने मौका बढी पाइने थापा बताउनुहुन्छ ।
मूल्य अनुसार दुधको गुणस्तर नभएको गुनासो
मूल्य अनुसार दुधको गुणस्तर नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधानसम्बन्धी सरोकारवालाबिच नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यव्रmममा सो गुनासो गरेका हुन् । दुधको मूल्य उच्च छ, त्यस अनुसार गुणस्तर नरहेको गुनासो सरोकारवालाको रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको गुणस्तर निकै कमजोर रहेको र त्यसमा ध्यान दिन डेरी उद्योगीलाई आग्रह गर्नुभयो । उहाँले मूल्य मात्र निर्धारण गरेर हुँदैन, गुणस्तरीय दुध पनि उपभोक्तालाई दिनुपर्ने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
सिमेन्ट निर्यात बढ्यो
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला भने सिमेन्टको निर्यात भने बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म कुल निर्यात सात प्रतिशतले घटेका बेला सिमेन्टको निर्यात भने हवात्तै बढेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
बढ्दो कोरिया ‘क्रेज’
दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।
सार्वजनिक जग्गाको अभिलेख राख्न थालियो
सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सङ्घीय सरकारसँग नभइरहेका बेला उपत्यकाका स्थानीय तहले भने धमाधम सार्वजनिक जग्गा संरक्षण गर्न थालेका छन् । स्थानीय तहको क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा उपत्यकाका स्थानीय तहले खोजी खोजी संरक्षण गर्दै अभिलेख राख्न थालेका हुन् ।
‘राजनीतिक भागबन्डा गर्ने सर्तमा उपकुलपति बनेको होइन’
खस्किँदै गएको साख जोगाउने चुनौतीमाझ त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले शुव्रmबार पदभार ग्रहण गर्नुभएको छ । उपकुलपति रिक्त भएको ११२ औँ दिनमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । नवनियुक्त उपकुलपति डा. बराललाई त्रिवि सुधारको विषय फलामे च्युरा चपाए सरह हुने पक्कै देखिन्छ । राजनीतिक भागबन्डालाई अब त्रिविमा प्रवेश गर्न नदिने घोषणा गर्नु भए पनि शिक्षाध्यक्ष, रजिस्ट्रार, डिनलगायतका पदाधिकारी नियुक्तिपछि मात्र उहाँ दबाब बेगर कार्य सम्पादन गर्न सक्नु हुन्छ भन्नेमा विश्वास गर्ने आधार देखिने छ ।
सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा
भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ ।