संसार हाँक्ने युवा
फ्रान्समा दोस्रो पटक राष्ट्रपति चुनिएका इम्यानुयल म्याक्रोले गत जनवरी ९ मा ३४ वर्ष १० महिना उमेरका ग्याब्रियल अत्तललाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यो निर्णयलाई राजनीतिक वृत्तमा म्याक्रोले आफ्नो गुमाउँदै गरेको साख पुनः हासिल गर्ने प्रयासका रूपमा व्याख्या गरिँदै छ । आधुनिक युगको फ्रान्सका राष्ट्रपतिले संवैधानिक सुविधा अनुसार आवश्यक पर्दा आफ्ना प्रधानमन्त्री फेरबदल गर्न सक्छन् । प्रधानमन्त्री बोर्नले एक वर्ष २३८ दिनमा राजीनामा दिएपछि राष्ट्रपतिले अत्तलला
राजा च्याउ
संसारमा सयौँ थरीका च्याउ पाइन्छन् र च्याउ धेरै मानिसको प्रिय खाद्यवस्तु पनि हो । घरमा मात्र होइन होटल रेस्टुरेन्टमा पनि च्याउको थरीथरीका परिकार पाक्ने गर्छ । शाकाहारीका लागि च्याउ पोषण प्राप्तिको एक उत्तम विकल्प हुन्छ । मासुको भन्दा धेरै परिकार बनाउन मिल्ने च्याउको राजा मानिने ‘किङ ओएस्टर’ च्याउ नेपालमा हाल चर्चामा छ ।
तीनगाउँले, पाँचगाउँले, बाह्रगाउँले
तीनगाउँले, पाँचगाउँले, बाह्रगाउँले, अठारगाउँले जस्ता जाति वा स्थानको पहिचान मुस्ताङ जिल्लाको विशेषता हो । यी गाउँमा बस्ने सबै समुदायलाई यस्ता नामले समेट्छ तर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०५८ सालमा बाह्रगाउँलेलाई एउटा छुट्टै जातिका रूपमा र तीनगाउँलेभित्रका चिमतन, ठिनतान, स्याङ्तानलाई अलग अगल रूपमा सूचीकृत गरेपछि ती स्थानका बासिन्दालाई समुदाय भन्ने कि जाति भनेर विवाद भएको थियो । कतिपयले साधारण विशेषताका आधारमा यी स
सभामुखको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदान नेदरल्यान्डसले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो । नेदरल्यान्ड्सविरुद्ध नेपाल जित निकाल्दै यस सिरिजको अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै नेदरल्यान्ड्स पनि सिरिजको अन्तिम खेल जित्न चाहन्छ ।
वातावरणीय परीक्षणपछि गरा सुधार गर्न दिइने
मनपरी ढुङ्गा उत्खनन गर्न दिएको गुनासो बढेपछि तिनाउ गाउँपालिकाले वातावरणीय परीक्षणपछि मात्रै ढुङ्गा उत्खनन गर्न दिने जनाएको छ । गरा सुधारका नाममा तिनाउका विभिन्न स्थानमा ढुङ्गा उत्खनन गर्न दिएको पालिकाले अब भने वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न दिने जनाएको हो । पछिल्लो डेढ महिनायता तिनाउ गाउँपालिकाले पालिकाभित्रका १५ किसानको मागको आधारमा गरा सुधार गर्न दिएको थियो । उक्त क्षेत्रमा गरा सुधार होइन, ढुङ्गा उत्खनन कार्य भइरहेको छ ।
‘शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट बाहिर राखौँ’
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राजनीति गर्न नहुने बताउनुभएको छ । अनावश्यक रूपमा हुने राजनीतिले सबैतिर असर गरेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “शिक्षा, स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट बाहिर राखौँ ।” स्याङ्जाको गल्याङमा भएको उपप्रमुखसँग शिक्षक अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले शिक्षाको गुणस्तर सुधारमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले स्वदेशमा नै विद्यार्थी रोक्न शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा स्वास्थ्य जस्ता नागरिकका आधारभूत आवश्यकता र महत्वका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।
विदेशी सेनामा भर्ती नहुन प्रधान सेनापतिको आग्रह
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन आग्रह गर्नुभएको छ । नवलपुरको हात्तीखोलमा रहेको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो आग्रह गर्नुभएको हो । युक्रेनसँगको लडाइँका कारण रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था कस्तो छ भन्ने सबैले बुझेको भन्दै प्रधान सेनापति शर्माले कुनै पनि हालतमा विदेशी सेनामा भर्ती नहुन एनसिसी तालिमका सहभागीलाई आग्रह गर्नुभयो । “देशमा केही हुन्न र हुन सक्दैन भन्ने गलत भास्य निर्माण गर्दै विभिन्न देशमा जोखिमपूर्ण कार्य गर्न जाने अग्रसरता कम्तीमा पनि तपाईंहरूबाट प्रदर्शित हुने छैन भन्ने विश्वास लिएको छु,” प्रधान सेनापति शर्माले भन्नुभयो, “मैले इङ्गित गर्न खोजेको विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला, मेरो विशेष आग्रह छ ।”
कोदोबाट बिस्कुट उत्पादन
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नुभएकोे छ ।
महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा चुनौती
कर्णाली प्रदेश सरकारले अघि सारेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । पछिल्ला दुई आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । २०७६ साल साउन १ यता जन्मिएका छोरीको बैङ्क खाता खोल्ने गरी कार्यक्रम लागु गरिएको थियो । सुरुवाती तीन आवमा कार्यान्वयन भएको यो कार्यक्रम प्रत्येक आवको नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरे पनि कार्यान्वयन भने नभएको बताइन्छ ।
दार्चुला विद्युतीकरणमय बन्दै
दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरि विद्युतीकरणको काम थालेको हो । प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौ वटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो ।
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
त्रिवि उपकुलपति नियुक्तिको पाठ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियाले निकास पाएको छ । चार महिना ढिलो गरी नियुक्ति हुँदा दलीय भागबन्डा, चाकरी चाप्लुसी, नातावाद आदि शब्दावलीले यो समयमा निकै चर्चा पाए । योग्यताका आधारमा नियुक्ति भन्ने पदावलीको समेत उत्तिकै चर्चा चल्यो । यथार्थ होस् या देखावटी जसले जे भने पनि विगतको नियुक्ति प्रक्रियालाई चिर्दै नयाँ पद्धति अँगालेर त्रिविमा उपकुलपति नियुक्ति गरियो । मूल्याङ्कनका आधारमा पहिलो भएकालाई अस्वीकार गरेर दोस्रोलाई नियुक्ति दिँदा केही खल्लो मानिएको भए पनि तीन जनामध्ये कुनै एकलाई नि
गोरखकाली रनिङकपको उपाधि हरमटारीले लियो
मिस्टर बि आठौँ गोरखकाली रनिङकप प्रतियोगिताको उपाधि आयोजक हरमटारी युवा क्लबले जितेको छ । गोरखा नगरपालिका – ६ हरमटारी खेलकुद मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो ।
लोकतन्त्रमा नागरिक समाज र मिडिया
लोकतन्त्र शास्त्रीय अर्थको राजनीतिक प्रणाली मात्र होइन; नागरिकको निरन्तर सतर्कता, सक्रिय संग्लग्नता र सहभागिताबाट गतिशील रहने जीवन पद्धति लोकतन्त्र हो । आधुनिक लोकतन्त्रलाई थाम्ने र उच्च स्तरमा विकास गर्ने क्रममा नागरिक समाज र मिडियालाई अत्यावश्यक स्तम्भको रूपमा स्विकार्नु गल्ती हुँदैन । नागरिक समाजको चरित्र विश्लेषण गर्दै प्रसिद्ध दार्शनिक हेगेल ‘एलेमेंट्स अफ द फिलोसफी अफ राइट’ मा लेख्छन्, ‘नागरिक समाज सार्वभौमिक आवश्यकताको एकता हो; यो यसको नैसर्गिक जग हो, र यसको एकता साँचो एकता हो, जसले अनेकतालाई बहिष्कार गर्दैन ।’ यो भनाइको तात्पर्य के हो भने जनताका धरातलीय यथार्थ र आवाज दर्शाउने विचार र अनुभूतिहरू राज्यका औपचारिक संयन्त्रभन्दा बाहिर यत्रतत्र प्रवाहित भइरहेका हुन्छन्, जसलाई सत्ता सञ्चालक र त्यसका तमाम औपचारिक अवयवले सुनेर र बुझेर कार्यसम्पादन गर्न सकेमा नै समाज उन्नत हुन्छ ।
अशक्तहरूलाई चकटी बुनाइ तालिम
अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा सङ्घ चरिकोटले यहाँका अपाङ्गता भएका समुदायको आयआर्जनका लागि एक हप्ते चकटी बुनाइ तालिम सञ्चालन गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
दोभान–सन्थाक्रा सडक कालोपत्रे हुँदै
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको छ । सोही गाउँपालिका–३ खाम्लुङको दोभान बजारदेखि सान्थाक्रासम्म नौ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङमा नयाँ कार्यसमिति चयन
शेर्पा समुदायका विद्यार्थीहरूको छाता सङ्गठन नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिवार सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले मिङ्मा दिकी शेर्पा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
मनाङमा घर भत्किँदा एक जनाको मृत्यु
ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर गोरखा धार्चे गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर घलेको मृत्यु भएको छ । घर मर्मत गर्ने ९ कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने १ कोसामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।
समाजवादको राजमार्गमा यात्रा
समकालीन विश्वमा समाजवाद राजनीतिक दर्शन र आन्दोलन हो । यो पूरै आर्थिक–सामाजिक प्रणालीको दायरा हो । यो निजी स्वामित्वको विपक्षमा रहन्छ । यसमा उत्पादनका साधनमा सामाजिक र सामूहिक स्वामित्व रहन्छन् । लोकतान्त्रिक समाजवाद भन्नु नै समाजवादी अर्थतन्त्रलाई परिभाषित गर्नु हो । जसमा सरकारको उदार लोकतान्त्रिक राजनीतिक प्रणालीले नियन्त्रण गर्छ । लोकतान्त्रिक समाजवादीले स्ववर्णित समाजवादी राज्यहरू र माक्र्सवाद–लेनिनवादलाई अस्वीकार गर्छन् । बर्नी स्यान्डर्सले सोचेको ‘समाजवाद’ ले मात्र आधुनिक अर्थमा समाजवादको यात्रा पूरा हुँदैन ।
सुरेनको ‘सल्लेरी पाखाहरू’
प्रनभ र शुभजीवन जस्ता गीति एलबम श्रोतामाझ ल्याइसक्नुभएका गायक सुरेन गौतमले ‘सल्लेरी पाखाहरू’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । सुरेनकै लेखन रहेको गीतमा सङ्गीत विशाल पौडेलको रहेको छ ।