एक सयभन्दा बढी केन्द्रमा दादुरा-रुबेलाविरुद्ध खोप
डडेल्धुरामा दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ ।
इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल
इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।
जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने
जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।
हिउँमा खेल्दै पढ्दै मनाङका विद्यार्थी
चामे गाउँपालिका तिमाङमा रहेको गौरीशङ्कर आवासीय विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले हिउँको प्रवाह नगरी विद्यालय सञ्चालन गरिएको बताउनुभयो ।
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ ।
बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु
दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ ।
माओवादी केन्द्र स्थायी समिति बैठकको समय फेरि परिवर्तन
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकको समय फेरि सरेको छ ।
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल
नेकपा (एमाले)का सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
भारतको दुधुवा नेसनल पार्कमा दुर्घटना हुँदा एकको मृत्यु
भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका कैलालीका एक जनाको मृत्यु भएको छ ।
सिनेट सिटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रिम पङ्क्तिको राजनीतिमा फिर्ता
कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।
भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय
भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय निर्माण गरिएको छ ।
ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गर्नुभएको छ ।
कोहलपुरका किशोरीमा रक्तअल्पताको समस्या
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण सुरु गरेको छ । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो ।
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
भीरबाट खसेर पर्यटकको मृत्यु
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । घुम्न जानुभएकी अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिवार साँझ भीरबाट खस्नुभएको थियो ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
जताततै जामैजामः ठूला सवारी प्रवेश रोक नीति कार्यान्वयन भएन
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठूला मालबहाक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वययनमा आएको छैन ।
मुख्यमन्त्री कार्की हात्ती प्रभावित क्षेत्रमा
जीव जनवार, जङ्गल, जनता र जनप्रतिनिधि भन्ने नारासहित प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ती प्रभावित क्षेत्रको पैदल यात्रामा निस्कनुभएको छ । मुख्यमन्त्री कार्की पैदल यात्राको पाँचौँ दिन सुनसरीका हात्ती प्रभावित क्षेत्रका जनतासँग साक्षात्कार गर्दै प्रभावित क्षेत्रको पैदल यात्रा हुनुहुन्छ ।
अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।
फेवाताल सीमाङ्कन सुरु
सर्वोच्चको आदेश पालना हुँदा अबको एक महिनाभित्रै फेवातालको मापदण्डभित्रका संरचना हटाएर त्यो क्षेत्रलाई हरियाली बनाइसक्नुपर्छ । तर, पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पाँच महिना कामै नगरी गुजारे ।
सुरुङबाट पानी चुहियो, बस्ती जोखिममा
सिन्धुपाल्चोकको सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि बस्ती उच्च जोखिममा परेका छन् । सुरुङबाट पानी चुहिएर फुट्ने खतरा बढेपछि बाह्रबिसे, राम्चे, खाग्दल जम्बु, ड्यामसाइड, लामो साँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटेलगायतका दर्जन बस्ती उच्च जोखिममा परेका हुन् ।
डिजिटल पदचिह्न
हरेक दिन चाहेर होस् वा नचाहे हामीले अनलाइनमा आफ्नो छाप छाडिरहेका हुन्छौँ । यस्ता डिजिटल छाप अर्थात् पदचिह्नले तपाईंको अनलाइन गतिविधिलाई पछ्याउन मद्दत गर्दछ । प्रयोगकर्ताको अनलाइन लोकेसनदेखि उसको रुचि, अरुचि, सपिङ गर्ने बानी, उसले हेर्ने भिडियोको जानकारीलगायतका सबै जानकारी डिजिटल फुटप्रिन्टमा आउँछन् । डिजिटल पदचिह्न (फुटप्रिन्ट) विशेष गरी अनलाइन विज्ञापनदातालाई महìवपूर्ण हुने भएकाले उनीहरूलाई वेबसाइट कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको डिजिटल पदचिह्न बेच्ने गर्छन् । त्यसैले के कुरा बुझ्नु जरुरी छ भने तपाईंले जुनसुकै गतिविधि अनलाइनमा गर्नुहुन्छ आफ्नो डिजिटल फुटप्रिन्टहरू पछाडि छोड्दै हुनुहुन्छ ।
कुपोषणले आक्रान्त मधेश
अन्नको भण्डार मानिएको मधेश प्रदेश कुपोषणले आव्रmान्त छ । यहाँको समाज समावेशी छ तर भोजनमा समावेशिता नहुँदा कुपोषण चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूले जनाएका छन्