समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित
भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड [आइएसओ]को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन्भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने व्यवसायीहरूले बताएका छन् ।
विद्यार्थीका लागि चित्रकला तालिम
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत महानगरभित्रका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ ‘क’ तालिम असोज महिनाबाट सुरु भएको थियो । काठमाडौँ महानगरपालिकाभित्रका विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), रत्नराज्य माध्यमिक विद्यालय (पुरानो बानेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), तरुण माध्यमिक विद्यालय (बालाजु), गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी), कन्या मन्दिर माध्यमिक विद्यालय (न्ह्योखा), सहिद
आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’
आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा देखाइने पहिलो चलचित्र भएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिनुभयो ।
खुलौँ, बोलौँ नाराका साथ हिपहप मेला
हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै खुलौँ, बोलौँ नाराका साथ नेपालमा हिपहप मेला शनिबार सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिपहप कलाकारको संयुक्त सहभागिता रहेको मेला विराटनगर र काठमाडौँमा आयोजना गरिएको थियो । शनिबार काठमाडौँमा र फागुन ९ गते विराटनगरमा हिपहप मेलाको आयोजना गरिएको हो । युएस–नेपाल हिपहप कोलाबोरेसन अन्तर्गत अमेरिकी हिपहप संस्था वर्डस् विट्स एन्ड लाइफ्सका डिजे फ्लेग, सान्ना लिम, माजी मुतफासहित चार जना कलाकार सो मेलाका लागि नेपाल आउनुभएको थियो ।
दक्षिण कोरियामा दक्ष जनशक्ति पठाउने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई दिने तयारी गरेको छ । मन्त्रालयले ई–७ भिसा हाल सरकारबाट पठाइने इपिएस भिसाभन्दा फरक भएकाले यो जिम्मेवारी म्यानपावर कम्पनीलाई दिनुपर्ने भन्दै तयारी गरेको हो ।
दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्ध पदार्थ आयातमा पूर्ण बन्देज लगाएको छ । दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि भएपछि सो अनुसार आन्तरिक खपत नभएको तथा बाहिर मुलुकमा पनि निर्यात हुन नसकेका कारण अत्यधिक मौज्दात हुन गएको कृषि मन्त्रालयले जनाएको छ ।
चिलिमे हब सबस्टेसन तयार
नेपाल–चीन विद्युत् सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको एक पूर्वाधार चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेतमा २२०/१३२/३३ केभी क्षमताको चिलिमे हब सबस्टेसन निर्माण गरिएको हो । केरुङ नाकाबाट करिब १४ किलोमिटर दक्षिणमा पर्ने सो सबस्टेसनको यही शुक्रबारदेखि प्राविधिक परीक्षण गर्ने तयारी छ । बृहत् प्रसारण लाइन आयोजना (२२० केभी) का
दुई न्यायाधीश बर्खास्त गर्न सिफारिस
न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषद्ले आइतबार थपलियासहित जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पनि बर्खास्तको सिफारिस गरेको हो । खराब आचरण र कार्यक्षमता अभावमा उनीहरूलाई कारबाहीको सिफारिस भएको परिषद्ले जनाएको छ । परिषद्ले उच्चका एक र जिल्लाका तीन न्यायाधीशमाथि छानबिन समिति बनाएर अध्ययन गरेको थियो । सिफारिस अब प्रधान न्यायाधीशबाट कार्यान्वयन हुने छ ।
कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी
सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ । परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् । लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् ।
पाँच सयले बदलिएको जीवन, लुगा सिलाएरै छोरा डाक्टर र इन्जिनियर
श्रीमद्भागवत् गीताले दिएका शिक्षामध्येको एक ‘कर्म गर फलको आशा नगर’ अर्थात् कर्मको फल आफैँ प्राप्त हुन्छ भन्ने हो । त्यस्तै कर्मको मिठो फलले अहिले एक दम्पतीको जीवन नै बलिदिएको छ, त्यो पनि सन्तान सुखमार्फत । दशरथचन्द नगरपालिका–५, बस्कोटाका धनीराम दमाई र आनन्दी दमाईको त्यस्तो सुख गिट्टी कुटेर कमाएको पाँच सय रुपियाँले उहाँहरूको जीवनको धार नै परिवर्तन गरिदिएको हो । त्यही पाँच सय रुपियाँको लगानीले अहिले उहाँहरूका तीन छोरा डाक्टर र इन्जिनियर बनेका छन् ।
कर्मचारीले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता
रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बंैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो ।
छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा
काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् ।
पाँचथर गोल्डकप : इलामलाई हराउँदै झापा क्वार्टरफाइनलमा
रेडहर्स फुटबल क्लब इलामलाई हराउँदै झापा–११ पाँचथरको फिदिममा जारी चौथो बाइबाई पाँचथर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
फरार तीन प्रतिवादी पक्राउ
कञ्चनपुर प्रहरीले फरार रहेका तीन जना कसुरदारलाई पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतले फैसला सुनाइ कसुरदार ठहर गरेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्व खेलाडीहरु सम्मानित
भेट्रान खेलाडीहरूको छाता सङ्गठन नेपाल मास्टर्स एथलिट एसोसिएसनले खेलकुद विकासमा विशिष्ट योगदान गरेका पूर्व खेलाडी तथा खेल व्यक्तित्वलाई सम्मान गरेको छ ।
विदेशमा नेपालीको पहिचान प्रवर्द्धन गर्न सुझाव
परराष्ट्रमन्त्री एनपी साउँदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबिच सेतुको रूपमा पनि काम गर्दैआएको बताउनुभएको छ ।
मोतियाबिन्दुको सफल शल्यक्रिया
गुल्मीमा एक ९७ वर्षीया एक वृद्धाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा इस्मा गाउँपालिका–३ निवासी रत्नकला खरालको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।
थ्रीस्टारलाई हराउँदै एनआरटी सेमिफाइनलमा
न्यूरोड टिम (एनआरटी) क्लब थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मिटरब्याजपीडितलाई वार्तामा आउन आह्वान
आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।
चार अस्पतालको फोहोर सङ्कलनमा रोक
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएको छ ।
बाफ महिला फुटबल : नेपाल अपराजित रहँदै सेमिफाइनलमा
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (बाफ) महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक
नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।