एन्फा साधारण सभाबाट वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८०/२०८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न एन्फाको साधारण सभाले २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
शान्ति सेनामा नेपालको योगदान सर्वाधिक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ ।
सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु
निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
दंगाली लायन्सको विजयी सुरुवात
नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो ।
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ ।
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी सहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट सर्वसाधारणलाई बाहिर निकाल्ने योजना प्रस्ताव गरेको बताउनुभएको छ ।
जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित
जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।
पति–पत्नीसहित चार लागूऔषध कारोबारी पक्राउ
लागूऔषध सेवन र विक्रीविरुद्ध कडा रूपमा उत्रेको प्रहरीले बाँके र बर्दियाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुईजना पति–पत्नी रहेको प्रहरीको भनाइ छ ।
‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक एक लाख
‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
नेप्से परिसूचक १३ अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।
इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते
इलामको निर्वाचन क्षेत्र नं. २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
दशकपछि जुम्ला–सुर्खेत उडान
नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगन्जदेखि ७ : ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो ।
संसद् परिसरमै लघुवित्त ऋणीको विरोध प्रदर्शन
लघुवित्त ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् ।
दुध उत्पादक किसान भुक्तानी माग्दै आन्दोलित
६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।
राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा
नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।
राष्ट्रिय सभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
'अ डिस्ट्रयाक्सन' र 'अनकम्प्लिटेड' अमेरिकाको चलचित्र महोत्सवमा
संयुक्त अधिराज्य अमेरिकामा 'सिनेमा र थिएटर' अध्ययन गरिरहेका दुई नेपाली विद्यार्थीका चलचित्रले त्यहाँका विभिन्न फिल्म महोत्सवमा ध्यान आकृष्ट गर्न सफल भएका छन् ।
ब्राउन सुगरसहित दुई जोडी पक्राउ
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।
शान्ति प्रक्रियाका काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ ।
आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।
सीमाक्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग
भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमाक्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले सुनसरीमा सुरु गरेकोे ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीयले बिनाकारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयले माग गरेका हुन् ।
१५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप
सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।