• ११ माघ २०८१, शुक्रबार

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

blog

अचार बनाउँदै स्थानीय महिला । तस्विरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, फागुन १४ गते । दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।

दलित समुदायका स्थानीय, फरक क्षमता भएका व्यक्तिलाई व्यावसायिक अचार बनाउने तालिम प्रदान गरिएको बिगु गाउँपालिका –२ ओराङका वडा अध्यक्ष दीपक ठकुरीले बताउनुभयो । 

तालिममा ३५ जनाको सहभागिता थियो । अधिकांश सहभागी दलित समुदाय र अन्य महिला रहेको ठकुरीले बताउनुभयो । गाउँमै बसेर केही गर्न खोज्ने स्थानीयलाई तालिम दिएर उहाँहरूलाई पेसा तथा व्यवसायमा आबद्ध बना आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।

अचार बनाउने तालिमका लागि तालिम नभ यसले आफूलाई आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो । तालिममा सीप सिकेपछि पेसा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने उहाँले बताउनुभयो । स्थानीयले उत्पादन गरेको अचारको बजारीकरणका लागि आफूहरूले भूमिका खेल्ने र गुणस्तरीय अचार उत्पादन गरेका स्थानीयको अचार बिक्रीको जिम्मा आफूहरूले लिने उहाँको भनाइ छ ।

तलिमको प्रशिक्षक बबिता केसीले सहजीकरण गर्नुभएको थियो । गाउँघरमा भएका कुखुराको मासु, खसीको मासुुलगायत विभिन्न प्रकारका मासुुबाट अचार बनाउन तालिम प्रदान गरिएको थियो । तयार पारिएको अचार परीक्षणका लागि पठाइएको र यसलाई ब्रान्डिङ गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।