• १२ साउन २०८१, शनिबार

दुध उत्पादक किसान भुक्तानी माग्दै आन्दोलित

blog

जिल्ला प्रशासन कार्यालय धनकुटा अगाडी धर्ना दिँदै दुध उत्पादक कृषक । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे  

हिले, फागुन १४ गते । ६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । 

दुग्ध उत्पादन जिल्ला सहकारी सङ्घ लि. धनकुटाको भेला भएका सयभन्दा बढी किसानले बिहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै  दुग्ध किसानको सरकारी स्वामित्वमा रहेका डीडीसीलगायतका अन्य डेरी उद्योगीले विगत ६ महिना अघिदेखि ६ अर्ब बढीको भुक्तानी बक्यौता रहेको केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपालका अध्यक्ष अम्बरबहादुर कुँवरको भनाइ छ । 

सङ्घले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको सङ्घहरूको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरूमा शान्तिपूर्ण चक्काजाम र २१ गते देशभरका किसानलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।