• १६ वैशाख २०८१, आइतबार

इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

blog

काठमाडौं, फागुन १४ गते । इलामको निर्वाचन क्षेत्र नं. २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार आगामी २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दल दर्ताका समय फागुन २४ देखि ३० गतेसम्म तोकिएको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार चैत २४ गते  उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ ।

त्यस्तै, चैत २८ देखि २०८१ वैशाख १२ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।