अस्पतालको भवन निर्माणमा बजेट अभाव
दैलेखको आठबिस नगरपालिकाको राकमकर्णालीमा निर्माणाधीन अस्पताल भवन निर्माणमा बजेट अभाव भएको छ । नगरपालिकाको वडा ४ मा रहेको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो ।
बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : सांसद राणा
नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
वर्षासँगै परेको हिउँले मनाङी कृषकमा खुसी
आकाशतिर नजर लगाउन थालेको तीन महिनापछि मनाङीले राहत महसुस गरेका छन् । आकाशबाट परेको वर्षा र सँगै परेको हिउँले यतिबेला मनाङी कृषकहरू खुसी भएका छन् ।
संसद् आरोप प्रत्यारोपमै सीमित बन्याे : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।
प्रतिनिधि सभा बैठक : बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
नेसंविको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एक करोड एक लाखको क्यान्सर उपचार कोष स्थापना
क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
गलकोट बहुमुखी क्याम्पसलाई एकै परिवारकाे एक करोड सहयोग
बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता
बाजुराका नौ वटै स्थानीय तहका बाढीपहिरो पीडितलाई पछिल्लो समय घरबासकै चिन्ताले सताउने गर्छ । गत २०७८-७९ सालको जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छ ।
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
बुर्किनाको चर्चमा आक्रमणकारीद्वारा १५ उपासकको हत्या
उत्तरी बुर्किनाफासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही
नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो ।
विश्व व्यापार सङ्गठनका सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भयो : सांसद रावल
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
साढे २४ किलो चरेससहित पाँच जना पक्राउ
कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् ।
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
दश फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
अपरिभाषित प्रेम
बाहिरबाट हेर्दा घना जङ्जल जस्तै लाग्ने तर भित्र छिरेपछि रमणीय उद्यानका बिचमा एउटा विशाल भवन छ । त्यसको वरिपरि अन्य ससाना तर आकर्षक संरचना छन् । ती संरचना कुनै