• १९ असार २०८१, बुधबार

प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)

blog

प्रतिनिधि सभाको सोमबार संघीय संसद भवन बानेश्वरमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, फागुन १४ गते । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।

रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ ।

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।