सामाजिक सञ्जालको सही उपयोग गर्न सुझाव
नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा हालै भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक कार्यक्रममा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा वक्ताको जोड छ ।
वैकल्पिक बासस्थान मिलाउन मिटरब्याज पीडितको माग
मिटरब्याज पीडितले वैकल्पिक व्यवस्थापनबिना नै भृकुटीमण्डपबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।
४० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय रङ्गशालाको आवश्यक : नेम्वाङ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले काठमाडौँमा २५ देखि ४० हजारसम्म दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन आवश्यक भएको बताउनुभएको छ ।
मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका: पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
फरार प्रतिवादीहरू पक्राउ
कैलाली प्रहरीले अदालतबाट फैसला भएपछि फरार भएका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय, जरिवाना फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिबद्धताअनुसार कर्णालीमा विकासको काम भइरहेको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदैगएको बताउनुभएको छ ।
पाँचथर गोल्डकप : बागमती सेमिफाइनलमा
प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनीयताको शपथ
नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
भुटानीज यूथ क्लब बेलडाँगीको कठिन जित
मोरङको सिरिजङ्घा फुटबल पथरीशनिश्चरेलाई २–१ गोलले हराउँदै दमकको भुटानीज यूथ क्लब ( विवाइसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आरबिबी एनभिए भलिबल चैतमा
आठौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप चैत ३ देखि १० गतेसम्म हुने भएको छ ।
केपी ओली कप : मानेभञ्ज्याङ सेमिफाइनलमा
ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मानेभञ्ज्याङले भारतकै आईलिग टोली दिल्ली एफसीलाई ३–१ गोलले हरायो ।
जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।
लिभरपुललाई काराबाओ कप उपाधि
इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
बुटवलमा पशु वधशाला सञ्चालनको तयारी
बुटवल उपमहानगरपालिकाले वधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिन आग्रह गरेको छ । नगरवासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु वधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट वध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।
निषेधित क्षेत्र तोड्ने ४९ जना लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा
काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ ।
'प्राविधिक शिक्षालयहरूलाई बलियो बनाउनुपर्छ'
कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले रोजगारमूलक प्राविधिक शिक्षा प्रदान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । प्राविधिक शिक्षालयहरूलाई बलियो बनाउँदै हरेक तवरले सुविधा सम्पन्न बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिसीमा प्रशिक्षण
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिदक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को १४औँ संस्करणको तयारी सुरु भएको छ ।
दाङका तीन गाउँपालिकामा एफटिटिएच विस्तार गर्न टेलिकमलाई मन्त्री शर्माको निर्देशन
दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।
भूकम्पमापन गर्ने ‘जिपिएस स्टेसन’ सञ्चालनमा
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेसन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेसन सोमबारबाट पुनः सुचारु भएको हो ।
बागलुङलाई उपाधि
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गर्नुभएको छ ।
तीन दिने साहित्य महोत्सव सुरु
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निरविक्रम शाहले गर्नुभएको हो ।