भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ हुने
‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेभएको छ भने उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरूलाई सहभागी गराउने तयारी भइरहेको छ ।
गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
इलाम–२ मा सुरु भयो चुनावी चर्चा
निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् ।
निजगढ वर्कसप विस्फोट : थप दुईको मृत्यु
निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनुको सङ्ख्या तीन पुगेको छ ।
अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने टमटा प्रहरी नियन्त्रणमा
अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–६ को पाल्स गाउँका ३४ वर्षका दिपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जली
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।
मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभएको छ ।
इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ ।
दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने
मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड बुधबारबाट सुचारु हुने भएको छ । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्य हुँदै आएको छ ।
चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स
बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिदा इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र एम्बुलेन्स थन्किएको हो समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिनुभयो ।
झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
एकल महिला भन्छन् : रोजगारीका अवसर खै
कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानकाे गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो ।
गुणस्तरीय शिक्षामा अब्बल सिद्धबाबा
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । रेसुङ्गा नगरपालिका–८, (तत्कालीन तम्घास गाउँपञ्चायत) खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स
एम्बुलेन्सले यति वेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरी गढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ ।
प्रेममा तिमी नै सही थियौ, परिमित (प्रेम कथा)
परिमितका तीन कुरा औधी राम्रा थिए । पहिलो उनको लेखाइ । दोस्रो उनको व्यवहार । र तेस्रो उनको शरीर । उसले उनलाई चिनेको नै उनको लेखाइले हो । उनीसँग नजिक भएको उनको व्यवहारले । उनकै शरीरले लोभ्याएर हो ऊ उनीसँग यति झ्याम्मिएको ।
छ दिनदेखि टोड्कामा बसेर तपस्या
मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहनुभएको छ । घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उहाँ ध्यानमग्न हुनुहुन्छ । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उहाँ तपस्यामा हुनुहुन्छ । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा हुनुहुन्थ्यो । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उहाँ स्थिर रूपमा ध्यानमा मग्न भेटिनुभयो ।
अध्यक्ष र प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेकाे भन्दै गाउँपालिकामा १४ दिनदेखि ताला
पर्सा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेपछि जनप्रतिनिधिहरूले १४ दिन देखि तालाबन्दी गरेका छन् । खर्चका विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग सहित फागुन १ गते देखि लगाएको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बाराको तरकारी काठमाडौँमा प्रतिबन्ध
बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ । नेपाल सरकारले सूचीकृत गरेको विषादी औषधीको सट्टा कृषि विज्ञको सल्लाहबिना अन्य विषादी औषधी प्रयोग गरेका कारण काठमाडौँको कालीमाटी तरकारी बजारमा यहाँबाट उत्पादित आलु र गोलभेँडा बिक्रीमा प्रतिबन्ध गरिएको कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल ह
राष्ट्रपतिबाट प्रमाणपत्र प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको कीर्तिमान राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएकी छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गर्नुभएको छ । कोरियोग्राफर छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड (पेयर)’ को कीर्तिमान राख्नुभएको थियो ।
मङ्गलबारबाट प्रदेश अधिवेशन
बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय भएको छ । प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको प्रदेश सभा सचिवालयमा सोमबार बसेको बैठकले मङ्गलबारबाट सुरु हुने अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय गरेको हो ।
दुई पुस्तक लोकार्पण
बुढानीलकण्ठमा दुईदिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठले सोमबार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको ‘परिवर्तनका आभाहरू’ र अङ्ग्रेजी भाषामा लेखिएको ‘आई विल टेल यु अ स्टोरी’ पुस्तकको लोकार्पण गरिएको थियो ।