माओवादीले जिम्मेवारी हेरफेर गर्ने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेश इन्चार्जमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव गरिएको छ ।
नेपाल रेलवेको रक्सौलस्थित जग्गा खोजखबरै भएन
सरकारले देशभर अतिक्रमण वा कब्जा गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानका रूपमा अगाडि बढाएको छ । त्यसका लागि सरकारले देशभर अतिक्रमित वा कब्जा भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यसअघि नै निर्देशन गरिसकेको छ । तर पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेलवेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र हुँदा त्यसको संरक्षणको पहल नभएको मात्र होइन सम्बन्धित निकाय नै बेखबर छ ।
शाकाहारी गाउँको शताब्दी यात्रा
एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् ।
७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप
बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
पोखरेलीको सम्झनामा रवीन्द्र अधिकारी
विसं. २०७५ को फागुन १५ गतेले पोखरेलीलाई स्तब्ध बनायो । सो दिन तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्कनेक्रममा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युभयो ।
दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोश्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
नविता टोयोटाको सद्भावना दूत
नौ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त हुनुभएको छ ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ चैतमा
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १३ देखि १७ गतेसम्म हुने भएको छ ।
रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
वाईएफसी सेमिफाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाईएफसी ) पथरीशनिश्चरे छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सप्तरीमा दुग्ध उत्पादक सहकारी संघ आन्दोलनमा
दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, महुली सप्तरी दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानको लागि आन्दोलनमा उत्रेका छन् ।
‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिएको बताउनुभएको छ ।
घोराहीमा मोही किसानको खाली खुट्टा विरोध प्रदर्शन
स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानले घोराहीमा बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् ।
‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबिच मतान्तर देखिएको छ ।
सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : भारतीय प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ ।
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा
प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् ।
पाल्पामा मगर दिवसको रौनक (फोटो फिचर)
मगर समुदायले आज देशैभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा अहिले सांस्कृतिक झाँकी प्रदर्शन सहितका कार्यक्रम जारी छ ।
संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथ निषेधित क्षेत्र
प्रहरीले नयाँबानेश्वरको सङ्घीय संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथलाई निषेधित क्षेत्र तोकेको छ ।
दुधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित
रामेछाप जिल्लाका गाईपालक किसानका सबै दुध जिल्लामा रहेको डेरी सञ्चालकहरूले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।
बालबालिकाको सिकाइ प्रभावकारी बनाउन टेलिभिजन वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ ।
संस्थापक विषयमा टुङ्गो लगाउने महासङ्घको प्रतिबद्धता
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयमा अध्ययन गरी टुङ्गो लगाउन महासङ्घका अध्यक्षसहित नेतृत्व गणले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पानीविहीन पोखरी, प्यास मेट्न भौँतारिँदै वन्यजन्तु
वन्यजन्तुलाई सहजरुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन अवस्थामा छन् । जसका कारण जनावर पानीका लागि भौँतारिनुपर्ने अवस्था छ ।
हङ्गेरीको नयाँ राष्ट्रपतिमा तामस सुल्योक निर्वाचित
हङ्गेरीका सांसदहरूले सोमबार संवैधानिक अदालतका प्रमुख तामस सुल्योकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।