• १३ असोज २०८१, आइतबार

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ चैतमा

blog

बक्सिङ प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, फागुन १५ गते । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १३ देखि १७ गतेसम्म हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा गणेशमान सिंह फाउन्डेसनका सदस्य प्रभाषमान सिंहले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८०, ९२ केजी र ९२ केजीमाथि गरी सात र महिलामा ५०, ५४, ५७, ६०, ६६ केजी र ७५ केजी गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा देशभरबाट छनोट भएर आएका एक सय ५० खेलाडीको सहभागिता रहने संयाेजक सञ्जीव तुलाधरले बताउनुभयो । 

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।