निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने
निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ ।
माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति
नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ ।
विवाहको निमन्त्रणा कार्डमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-३ ले विवाहमा दिइने निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य रुपमा लेख्नुपर्ने नियम बनाएको छ।
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा चार घण्टा बत्ती जाने
नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा यही फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जनाएको छ ।
एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।
बाँकेका दुई बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण
बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।
वाफ महिला फुटबल : लेबनानलाई हराउँदै नेपाल फाइनलमा
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
छ जना ठेकेदारबाट छ करोड ५८ लाख असुल्दै सडक बोर्ड
सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनु पर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजश्व समेत गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
अमर प्रेमका त्रिमूर्ति
प्रेमको सबैभन्दा बढी व्याख्या कविहरूले गरे । उनीहरूले प्रेमको अनुभूतिलाई शब्दमा उतारे । त्यसै अनुभूतिलाई चित्रकारहरूले रङ्गका माध्यम क्यानभासमा उतारे । मूर्तिकारहरू
कोभिडले बनायो कृषक
भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् । काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।
‘कृषि र पर्यटन विकासका आधार’
महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :
बिर्तामोड उवासङ्घको निर्वाचनमा न्यौपाने विजयी
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
बर्दिबासमा आदिवासी जनजाति महोत्सव फागुन २४ देखि सुरु
बर्दिबासमा आदिवासी जनजाति महोत्सवको चौथो संस्करण अर्को सातादेखि हुने भएको छ । महोत्सवले सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा योगदान पुग्ने जनाइएको छ ।
समयको तराजुमा यौन साहित्य
पुरुष र स्त्रीबिच हुने प्राकृतिक यौन आकर्षण र त्यस आकर्षणले पैदा गरेका भाव र क्रियाकलापलाई साहित्यका माध्यमबाट उजागर गर्नु नै यौन साहित्य हो । यसमा विपरीत लिङ्गी मात्र होइन
१०९ विद्यालयमा आजबाट पठनपाठन सुरु हुँदै
जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा हिउँदे बिदापछि विद्यालयहरूमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नु परेको हो ।
हरिपूर्वा नगरपालिकाकाे सेवा ठप्प, १७ दिनदेखि कर्मचारी आन्दोलित
पटक–पटकको प्रयास र तनावका बिच नगर सभा सम्पन्न भए पनि अझै तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले १७ दिनदेखि धर्ना जारी राखेका छन् ।
अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कन कार्य सुरु
कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कनको कार्य सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा नापी कार्यालयले अतिक्रमित जग्गा रेखाङ्कन गर्न थालेको हो । सो कार्यका लागि नापी कार्यालयले दुई जना अमिनलाई फिल्डमा खटाएको छ ।
‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सबै पालिकामा हुलाक पुर्याइने
हुलाक सेवा विभागले एक स्थानीय तह, एक हुलाक कार्यालय स्थापनाका लागि प्रदेशस्तरमा सुझाव सङ्कलन गरिरहेको छ । हुलाक सेवा विभागले मङ्गलबार सुर्खेतमा हुलाक सेवाको पुनर्संरचना तथा एक स्थानीय तह, एक हुलाक कार्यालयको अवधारणा तयारीसम्बन्धी कार्यक्रम गरेको छ । स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरी हुलाक सेर्वा स्तरीकरण गरेर जनताको घरदैलोसम्म पुर्याउने लक्ष्य विभागको छ । विभागका निर्देशक धु्रवराज आचार्यले हुलाक सेवा पुनस्र्थापनाको काम अघि बढेकाले त्यसको तयारीका लागि सुझाव सङ्कलन गरिएको बताउनुभयो ।