जनपुस्तकालयलाई ‘स्मार्ट’ बनाइँदै
धनगढीस्थित कैलाली जनपुस्तकालयलाई स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो । त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ । प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।
फेरीले बदलियो कर्णालीपारिको जनजीवन
यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ । गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए ।
विमानस्थल निर्माणमा बेथिति
कुनै पनि मुलुकको समग्र विकासमा पूर्वाधार पहिलो सर्त हो । सडक, विमानस्थल, रेलमार्ग, बन्दरगाह आधुनिक विकासका महìवपूर्ण पूर्वाधार हुन् । खास गरी यातायात पूर्वाधारका रूपमा लिइने यस्ता पूर्वाधार निर्माण ठुलो साधन, स्रोत र प्रविधिलगायतको तारतम्य मिल्नुपर्ने हुन्छ । हुन पनि पूर्वाधारले नै आधुनिक विकासलाई प्रतिनिनित्व गरिरहेको हुन्छ । समग्र आर्थिक तथा सामाजिक विकासमा यस्ता यातायात पूर्वाधारको भूमिका सर्वोपरि हुन्छ । नेपाल जस्तो विकट भौगोलिक अवस्थिति भएको मुलुकमा यातायात पूर्वाधार निर्माण अवश्य पनि सहज छैन । त्यसमा पनि हवाई पूर्वाधार निर्माण त अझ चुनौतीपूर्ण छ ।
नदी व्यवस्थापनका आयाम
जनसङ्ख्या र जलस्रोतको उपलब्धताको अनुपातका आधारमा नेपाललाई जलस्रोतको धनी देश मानिएको हो । मुलुकका विभिन्न भाग भएर बग्ने छ हजारभन्दा बढी नदी, नाला तथा खोला विभिन्न प्रयोजनका लागि उपयोग भइरहेका छन् । भोलिका लागि योजना तर्जुमा भइरहेका खानेपानी, जलविद्युत्, सिँचाइ, यातायात, आमोदप्रमोदजन्य तथा अन्य कार्यका लागि पनि यिनै स्रोतहरूलाई प्रमुख रूपमा प्रस्ताव गरिएका छन् । मुलुकमा विद्यमान यी नदी प्रणाली केवल पानीलाई बगाउने प्रा
त्रिवि सुधारको मार्ग
नेपालको पहिलो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको बिसौँ उपकुलपतिका रूपमा प्राडा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । आवेदन दिने ४३ जना उच्च प्राज्ञिक व्यक्तित्वमध्ये छानिएर प्राडा बराल उपकुलपतिमा नियुक्त हुनुभएको हो । हुन त उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी नभएको टिप्पणी पनि सुनिएका छन् तर यस्ता टिप्पणीको कुनै अर्थ छैन । यस्ता टिप्पणीलाई स्वाभाविक प्रकारको मनोगत प्रतिक्रियाको रूपमा लिनुपर्ने हुन्छ । नवनियुक्त उपकुलपतिले यस्ता टिप्पणीलाई सहज रूपमा आत्म
मिटरब्याजपीडित र अर्थराजनीति
पछिल्लो समय मिटरब्याजपीडित पुनः आन्दोलित भएका छन् । गत वर्ष पनि उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलनकै दबाब र प्रभावमा सरकारले झन्डै एक वर्षअघि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन आयोग बनाएको थियो । मिटरब्याजपीडित र सरकारबिच भएको सहमति अनुरूप उनीहरूले आन्दोलन स्थगित गरेका थिए । यतिबेला उनीहरू पुनः काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । सोमबार मात्रै उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले यसअघि सरकार
सामाजिक विचलनमा मापसे
महात्मा गान्धीले आफूलाई देशको तानासाह हुन दिइएमा उनको पहिलो घण्टा सबै मदिरा पसल बिनाक्षतिपूर्ति बन्द गर्नु हुने थियो भनेका थिए । गान्धीको विचारमा चोरी र वेश्यावृत्तिको जड मापसे (मादक पदार्थ सेवन) भएकाले यी दुईभन्दा पनि निकृष्ट विकृति हो । भूमण्डलीकरण, सहरीकरण, ओद्योगिकीकरण, मिडियाको प्रभाव र जीवनशैलीमा आ
केरा खेतीतर्फ किसानको आकर्षण
राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
भाउ घट्यो जिराको
पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ । सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ । गत असोज कात्तिकमा ११५ रुपियाँदेखि १३५ रुपियाँसम्म प्रतिकेजी कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपियाँमा कारोबार भएको छ ।
भूत भुलाउने घोडानाच
चैतलो पर्वका अवसरका भूत भुलाउने घोडानाच नाचिएको छ । चैतलो पर्वमा सिमकोट गाउँपालिका–१ र २ को ठेहे गाउँमा धेरै समयअगाडि गाउँका महिला नाचगान गरिरहेका बेला एक राम्री महिलालाई भूतले खोसेर लगेको जनविश्वास छ । सोही कार्यविरुद्ध उक्त नाच नाचिँदै आएको छ ।
जोशी ग्लोबल एम्बेसडर
मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो। मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।
न्यान्सी ‘१२ गाउँ’ की नायिका
मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी चलचित्र ‘१२ गाउँ’ को प्रमुख पात्रमा अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबिच लिखित सम्झौता भएको छ । यो चलचित्रबाट भट्टका छोरा समीरले पनि अभिनयमा पदार्पण गर्दै हुनुहुन्छ ।
चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकता प्रवर्धन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्रकलाको माध्यमबाट नेपालको कला संस्कृति अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन भएको बताउनुभएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राजधानीमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को बुधबार समापन कार्यक्रममा उहाँले चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई समेत प्रवर्धन गरेको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
बैङ्किङ कारोबार पारदर्शी तरिकाले भइरहेको दाबी
नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्कबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैङ्किङ क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आइरहेको जनाएको छ ।
चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता
चीनले नेपालबाट निर्यात गर्ने भैँसीको मासुबारे त्यसको गुणस्तरीयता, व्यावसायिकतालगायतका बारेमा जानकारी माग गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गुणस्तरीयता तथा व्यावसायिकतामा सुनिश्चितता माग गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला चीनले नेपालबाट तिब्बतका लागि मासु आयात गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार मासु आयात गर्नुअघि नेपालमा मासुको स्वच्छता, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा स्पष्ट पार्न पत्र पठाएको छ ।
विद्युतीय ट्याक्सीप्रति आकर्षण
काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।
छ अर्बले घट्यो खाद्यान्न आयात
चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।
खगेन्द्र नवजीवन केन्द्र : अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निर्णय भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाएको हो ।
साबिक जिल्लास्तरीय संरचना हस्तान्तरणमा ढिलाइ
स्थानीय तह पुनर्संरचना हुनुअघिका जिल्लास्तरीय प्रशासनिक संरचना र तिनका चलअचल सम्पत्तिको उचित सदुपयोग हुन सकेको छैन । स्वास्थ्य, शिक्षा, कृषि र पशु सेवा कार्यालयका कर्मचारी तथा ती कार्यालयका सेवा स्थानीय तहमा हस्तान्तरण भए पनि चलअचल सम्पत्ति, भौतिक संरचना एवं जग्गा हस्तान्तरण हुन नसकेको हो ।
सड्न थाल्यो रक्तचन्दन
नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक
इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
पशुपन्क्षीको स्वतन्त्रताबारे मापदण्ड कायम गर्न माग
एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल पाउनुपर्ने स्वतन्त्रताका लागि पाँच मापदण्ड कायम गर्न माग गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सो संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले सो माग गर्नुभयो ।