कनकाईमा कला र संस्कृति साहित्य महोत्सव
झापाको कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ ।
कार्यान्वयनमा आएन मालवाहक सवारी प्रवेश निषेध नीति
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठुला मालवाहक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वयनमा आउन सकेको छैन ।
राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।
प्रेम-सम्बन्धका कैयौँ किस्सा
पिरोलिएको मनलाई उत्साहित बनाउने अचुक औषधी हो प्रेम । प्रेमलाई अभिव्यक्त गर्ने कुनै मौसम त हुँदैन । तर फागुनलाई प्रेमिल महिना भन्ठान्छौँ हामी । ठन्डीमा कठ्याङ्ग्रिएका
महिला टोली कालापत्थरतर्फ प्रस्थान
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।
चुरे संरक्षणमा बढ्यो सक्रियता
डिभिजन वन कार्यालय लहानले चुरे क्षेत्रको संरक्षणका लागि निरन्तर सक्रियता बढाउँदै गएको छ । यसभन्दाअघि खासै चर्चामा नरहेको सो कार्यालयले केही महिनायता वन क्षेत्रबाट चो
खरायोले किन खान्छ आफ्नै मल ?
खरायो यस्तो जनावर हो जसले आफ्नै दिसा खान्छ । आफ्नै मल खाएर खरायोले त्यसलाई ताजा खानासरह नै पचाउँछ । खरायोको मल दुई खालको हुन्छ । एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्छ । नपचेका पोषक तत्व पुनः पचाउन खरायोले यसो गर्दछ । खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ ।
डिजिटल कर्णालीका लागि कनक्लेभ आयोजना
प्रदेश सरकारले डिजिटल प्रदेश निर्माण गर्ने भनेर प्रचार गरेपनि कर्णालीमा अझै इन्टरनेट र विद्युत नपुगेको भन्दै त्यसबेला सरकारको चर्को आलोचना भएको थियो । तर पछिल्लो समय कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त अभियानलाई कसरी सफल बनाउने र प्रदेशलाई डिजिटलाइजेसन गर्ने भन्ने बारेमा लाग्न थालेको छ ।
त्रियुगा पुलको निर्माण तीव्र
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ ।
उतिबेलाको भाउ
मानिसले वास्तविक जीवनमा भोगेका कतिपय घटना कालान्तरमा एउटा अविश्वसनीय कथा बन्न पुग्छ भनेर कतै पढेको थिएँ । ठ्याक्कै यस्तै अनुभूति विगतको भाउ–बेहासाको विवरण हेर्दा मिल्छ । पङ्क्तिकारले पनि एक रुपियाँमा खल्तीभरि मिठाई किनेर खाएको हो । बाजे–बराजुले सुका मानु घिउ खाए भन्ने सुनिआएको कुरा हो । यो कुरा तत्कालीन समयमा वास्तविक भए पनि अहिले अविश्वसनीय कथा बनिसक्यो । नयाँ पुस्ताले यसलाई फगत कथा सम्झन्छ ।
‘इको पार्क’ खण्डहरमा परिणत
बर्दीबास समाचारदाताबर्दीबास, फागुन १७ गते । प्रदेश सरकारले लाखौँ मूल्य खर्च गरेर महोत्तरीको जङ्गल क्षेत्रमा निर्माण गरिएका वातावरणीय महìवका ‘इको पार्क’ हरू संरक्षण अभावमा लथालिङ्ग अवस्थामा पुगेका छन् । बर्दीबास नगरपालिका–४, माईस्थान र वडा नं १० लक्ष्मीनियामा निर्माण गरिएका दुवै पार्क व्यवस्थापनको लापरबाहीले प्रदूषित र प्रयोगविहीन भएका छन् । पार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि त्यसको न उद्घाटन भएको छ न रेखदेखको व्यवस्था मिलाइएको छ । यो पार्क सर्वसाधारणका लागि खुला पनि गरिएको छैन । तत्कालीन प्रदेश २ सरकारको पुँजीगत कार्यव्रmम अन्तर्गत जनही २० लाख रुपियाँ बजेट खर्चेर निर्माण गरिएका दुवै पार्क समुचित व्यवस्थापनको अभावमा अस्तव्यस्त बन्न पुगेको हो । डिभिजन वन कार्यालय महोत्तरीका अनुसार दुवै इको पार्क आव ०७७÷७८ मै निर्माण भएका हुन् । यी पार्क हेटौँडा ढल्केबर ४०० केभी हाइटेन्सन लाइनको मुनि निर्माण गरिएका छन् । पार्कमा घेरबार, जैविक विविधता झल्कने आरसिसी बेन्च, सिमेन्ट टायल्स लगाएको पदमार्ग, बाटोको दायाँ बायाँ फूल बगैँचा, फलामे गेट जस्ता सबै पूर्वाधार तयार छन् । पार्कनजिकै रहेको सबडिभिजन वन कार्यालय माईस्थानका एक कर्मचारीका अनुसार सुरुमा यी पार्कको चारैतिर एक सयभन्दा बढी त धुपी र अशोकका बोट मात्र रोपिएको थियो । ‘सुन्दर पार्क हेर्दैमा मन प्रशन्न हुन्थ्यो’, ती कर्मचारीले विगत सम्झे । अहिले भने रोपिएका सबै बिरुवा सुकेर गएका छन् । पार्कलाई काँस, वनमारा र माइकोनिया झारका घारीले कुरूप पारेको छ । रेखदेख र स्याहार सम्भार नहुँदा भावर क्षेत्रको जैविक र पारिस्थितिकीय महìव बोकेका दुवै इको पार्क खण्डहर बनेका छन् । पार्कनजिकै बर्दीबास–४, माईस्थानमा धार्मिक, ऐतिहासिक र प्राचीन महìव बोकोको पञ्चधुरा मन्दिरसमेत भएकाले इको पार्कले धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने सर्वसाधारणमा आशा जगाएको थियो तर सञ्चालन गर्न नसक्दा अमूल्य सम्पदा पत्रु बनेको वडाध्यक्ष अक्कलबहादुर तामाङले आलोचना गर्नुभयो । राज्यको ठुलो लगानीमा निर्माण भएका दुवै पार्कको जिम्मेवार को ? त्यो पनि स्पष्ट छैन । जिज्ञासा राख्दा प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयहरू एकले अर्काेलाई जिम्मेवार देखाएर पन्छने गरेका छन् । तथापि थोत्रो हुन लागेका पार्कको बोर्डमा भने तत्कालीन प्रदेश नं २ सरकारको वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय महोत्तरी उल्लेख छ । डिभिजन वन कार्यालय महोत्तरीका डिएफओ सन्तोष झाले कुनै पनि कार्यव्रmम सञ्चालन गरिसकेपछि त्यसको संरक्षण व्यवस्थापनको सुनिश्चित भए त्यो प्रभावकारी हुने धारणा राख्नुभयो । वन क्षेत्रमा संरचना निर्माण भए पनि संरक्षण व्यवस्थापनका लागि बजेट व्यवस्था नभएको र कुनै निकायलाई जिम्मेवारी हस्तान्तरणसमेत नगर्दा पार्क बेवारिसे अवस्थामा पुगेको उहाँको भनाइ थियो । प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले पार्कको दुरवस्थाको जिम्मेवार डिभिजन वन कार्यालय भएको आरोप लगाउनुभयो । हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्न तथा पर्यावरण संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएका इको पार्क माईस्थान गढन्ता साझेदारी वन तथा बाँके मरहा साझेदारी वन अन्तर्गत पर्दछन् ।
स्याउका बिरुवा अब जिल्ला बाहिरबाट नल्याइने
कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वितरण गर्ने भएका छन् ।
‘कोरला नाका पूर्ण रूपमा सञ्चालन गरेर समृद्धिको ढोका खोल्छौँ’
अध्यक्ष, मुस्ताङको लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन् । पाँच वडा रहेको गाउँपालिकाको पूर्व, पश्चिम र उत्तरमा चीन पर्दछ भने दक्षिणमा मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्दछ । चीनसँग सिमाना जोडिएको कोरला नाका यसै गाउँपालिकाभित्र पर्दछ । चार महिनाअघिदेखि कोरला
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रियसभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बुन्न छाडिए गुन्द्री चकटी
परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको छ । गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ । पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई दाइँ हाल्ने प्रचलन रहेको थियो । ऐरावती गाउँपालिका–६, बिजुली महेन्द्रदीप प्युठानकी लोकमाया गुरुङका अनुसार गुन्द्री बुन्ने पराललाई सुकाइसकेपछि हिउँदको समयमा स्थानीयले हातबाट निर्मित तानबाट गुन्द्री बुन्ने चलन रहेको छ । हातबाट बुनेका गुन्द्री पहिला प्रशस्तै हुन्थे । हरेकले आआफ्ना घरमा गुन्द्री बुन्थे । परपाहुना आउँदा नयाँ गुन्द्री ओच्छाएर स्वागत गरिन्थ्यो ।
हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै गुर्जा पुर्याइयो खोप
हिमाली जिल्ला म्याग्दीको सबैभन्दा दुर्गम वडा गुर्जामा कठ्याङ्ग्रीने चिसो हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै खोप पुर्याइएको छ ।
घडियाल संरक्षणमा समस्या
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल छाड्दै आए पनि संरक्षणमा समस्या देखिएको छ । घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडिएको छ । तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ ।
काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर
काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।
सामुदायिक विद्यालयका भवन राम्रा बने , विद्यार्थीको आकर्षण बढेन
विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण
भजनी (कैलाली), फागुन १७ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ । सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । “मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” उहाँले भन्नुभयो, “चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उहाँका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताउनुभयो । उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताउनुभएको छ । “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो, “चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।” उहाँले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वास्थ्य क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद् पक्ष भएको जनाउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।” अस्पताल व्यवस्थापन समितिका उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।” प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ । उहाँले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्रलगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला छ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।” अध्यक्ष सोडारीले भन्नुभयो, “अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।” रासस
वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताउनुभयो । जथाभाबी रूपमा फोहोर फाल्दा हिँडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताइन्छ ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।