कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
बस्तीमा छिर्न थाले नाउर
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रका कृषकले लगाएको तरकारी जङ्गली जनावर नाउरले खाएर नष्ट गर्ने गरेको छ । जलवायु परिवर्तन तथा अहिलेको सुक्खायामका कारण उच्च हिमाली क्षेत्रमा चरनको अभाव भएपछि नाउरले हिमालनजिक रहेका मुस्ताङको मार्फालगायतको क्षेत्रमा आएर तरकारी बाली खाएर सताउन थालेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार नाउरले हरेक जसो बिहानको समयमा बागवानी फार्मको स्याउ तथा ओखरको बगानमा अन्तरबालीका रूपमा लगाइएको काउली, बन्दालगायतका तरकारी बाली खाएर सताउने गरेको छ । बिहानै बगानमा निस्कँदा प्रायः नाउरको बथान आउने र अन्तरबालीका रूपमा लगाइएका तरकारी खाने गरेको छ । आत्रेयले भ
चुरेमा मनोमानी खयर कटान
राज्यको कमजोर उपस्थितिको फाइदा उठाउँदै नेपाल–भारत सीमा क्षेत्रको वनमा मनोमानी रूपमा खयर कटान भएको छ । चुने वन क्षेत्र अन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका–१ स्थित सिरियानाका सामुदायिक वन समूहमा समूहकै पदाधिकारी र ठेकेदारको मिलेमतोमा जङ्गलमा रहेका खयरका रुख कटान गरिएको छ ।
‘सुशासनका निम्ति वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुनुपर्छ’
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुशासनका निम्ति वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ती छानविन हुनुपर्ने बताउनुभएको छ ।
सहरमा बाँदर पसेर आतङ्क
बुटवलमा चुरेका बाँदर आएर आक्रमण गर्न थालेपछि सर्वसाधारण हैरान भएका छन् । बुटवल बजारको उत्तरपश्चिमबाट चुरे पहाडका बाँदर सहरतिर केन्द्रित हुन थालेपछि सर्वसाधारणलाई झन् समस्या थपिएको हो । बाँदरले घरमा राखेका खाद्यान्न खाइदिने गरेका छन् भने मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् ।
कमलका जरा निकाल्ने हतारो
सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल दहमा कमलका जरा निकाल्ने काममा स्थानीयलाई चापाचाप छ । अचारका लागि स्वादिलो र स्वास्थ्यका लागि कमलका जरा फाइदाजनक मानिन्छ । यस वर्ष बुधबारदेखि कमलका जरा निकाल्ने गाउँपालिकाले अनुमति दिएसँगै स्थानीय जरा निकाल्ने काममा लागेका हुन् । हरेक वर्षको यो समय कमलको जरा निकाल्ने याम हो ।
सङ्घीयताको मर्म
केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाले विकास निर्माण र जनआकाङ्क्षालाई सम्बोधन गर्न नसकेका कारण नेपाल सङ्घीय शासन व्यवस्थामा अगाडि बढ्यो । यसक्रममा सङ्घीय राज्य हुने नीति सर्वप्रथम नेपालको अन्तरिम संविधान २०६३ ले स्वीकार ग¥यो । यस संविधानमा केन्द्रीकृत र एकात्मक शासन व्यवस्था तथा वर्गीय, जातीय, धार्मिक, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक, क्षेत्रीय विभेद अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्थासहित अग्रगामी पुनर्संरचना गरिने उल्लेख गरियो । यही आधारमा संविधान सभाले बनाएको नेपालको संविधान २०७२ मा सङ्घीयतालाई राज्य व्यवस्था सञ्चालनको प्रमुख आधारका रूपमा लिइयो ।
वाफ महिला फुटबल : नेपाल जोर्डनसँग टाइब्रेकरमा स्तब्ध
नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
दूरसञ्चारको प्रयोग र उपयोग
नेपालको संविधानले सञ्चार र सूचनाको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । दिगो विकास लक्ष्यले सबैले धान्न सक्ने गरी इन्टरनेटको पहुँचमा उल्लेख वृद्धि गर्ने उल्लेख गरेको छ । आर्थिक विकासको संवाहक एवं उत्प्रेरकका रूपमा रहेको सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई मर्यादित, व्यावसायिक, सक्षम र सबल बनाउने दायित्व र जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने खाँचो छ । हाल नेपालको कुल जनसङ्ख्याको ६५.९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँच पुगेको तथा डिजिटल साक्षरता ४० प्रतिशत, टेलिभिजन ७२ प्रतिशतमा, रेडियो ८६ प्रतिशतमा पुगेको छ । नेपाली जनतालाई सूचना तथा सञ्चारसँग सम्बन्धित विश्वव्यापी विका
जडीबुटीको व्यवसायीकरण
जङ्गल, जडीबुटी, जल, जमिन तथा जनशक्तिको सामथ्र्य हामीले बुझ्न सकिरहेका छैनौँ । यीमध्ये देशमा उपलब्ध जडीबुटीबाट भरपुर लाभ लिन नसक्दा यो क्षेत्र पनि ओझेलमा परिरहेको छ । नेपालको आर्थिक विकासका लागि विभिन्न सम्भावनामध्ये जडीबुटी प्रमुख र कार्यान्वयनयोग्य सम्भावना हो । न्यून आय भएका मानिसदेखि सम्भ्रान्त वर्गका मानिससम्म जडीबुटीको चर्चा हुने गरेको पाइन्छ तर जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण गरेर आर्र्थिक स्थिति उकास्न भने सकिरहेका छैनौँ ।
न्यायमा सबैको पहुँच
नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ । संविधानले न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने नीति अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने नीतिसमेत लिएको छ । नेपालमा न्यायिक सुधारको कार्यलाई योजनाबद्ध ढङ्गबाट अगाडि बढाउने सोच र दृष्टिकोणको २०६१ सालदेखि सुरुवात भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
नेपालको लक्ष्य उपाधि
घरेलु टिम नेपालले साफ महिला यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिता शुक्रबार सुरु हुँदै छ । नेपालको महिला यु–१६ को कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएकाले आफ्नो टिमको लक्ष्य नेपाललाई स्वर्ण जिताउने रहेको बताउनुभयो । उहाँले एन्फाको मैदानमा प्रशिक्षण भएको र प्रतिस्पर्धा पनि सोही मैदानमा हुने भएकाले आफूहरूलाई फाइदा हुने छ, भन्नुभयो । ‘वाफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीका दिदीहरूले गरिरहेको शानदार प्रदर्शनले पनि प्रोत्साहन मिलेको छ । “हामी उपाधि जित्न नै खेल्ने छौँ,” कप्तान भूमिकाले भन्नुभयो ।
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’
नेपालयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । लामो समय राजनीतिक जीवन बिताइरहनुभएका राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले लेख्नुभएको पुस्तकले ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । नेपालको इतिहास पढ्दै आएका पाठकका निम्ति ‘बहादुर शाह’ साहसिक र स्वप्नद्रष्टा पात्र हुनुहुन्छ । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका रूपमा पनि इतिहासमा उनको उल्लेख गरिएको छ ।
मेनुकाको आवाजमा ‘छुनै हुन्न जस्तो’
गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिनुभएको छ । गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ । गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
कर्णालीबाट प्रादेशिक प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना सुरु गरेको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार गर्नुभएको छ ।
विश्वभर एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’
चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो । नेपाल र भारतबाहेकका प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, जापान, न्युजिल्यान्डमा र अस्ट्रेलियामा पनि चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रियाले हामीलाई शृङ्खलालाई निरन्तर दिन हौसाएको हो ।”
परीक्षणमै भेटियो गुणस्तरहीन दुध
राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।
विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण तीव्र
नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
छयालिस देशको मुद्रा सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अमेरिकी डलरसहित ४६ भन्दा बढी देशको विदेशी मुद्रा सङ्कलन भएको हो । भेटी रकमका रूपमा सङ्कलन भएको विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । यस्तै इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ । कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार
इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत
दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (इपिएस) शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो ।
प्रभुले गर्यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा
रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान नीति ल्याइँदै
नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हुँदै करिब एक सय वर्षको यात्रा गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।