• १२ मंसिर २०८१, बुधबार

‘सुशासनका निम्ति वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुनुपर्छ’

blog

आन्तरिक मामिला तथा कानुन मन्त्री धनराज गुरुङ कर्णाली प्रादेशिक औद्योगिक व्यापार मेला तथा दैलेख महोत्सवको उत्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : बिशाल सुनार

बिशाल सुनार
दैलेख, फागुन १८ गते ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुशासनका निम्ति वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ती छानविन हुनुपर्ने बताउनुभएको छ ।

‘कृषि, उद्योग, पर्यटन र व्यापार सम्बृद्ध दैलेखको मूल आधार’ भन्ने मुल नारासहित दैलेखमा बिहीबारदेखि सुरु भएको कर्णाली प्रादेशिक औद्योगिक व्यापार मेला तथा दैलेख महोत्सवको उत्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

भ्रष्टचारको जालो जोलिँदै गएको बताउनुहुँदै मन्त्री गुरुङले सुशासनलाई कायम गर्न लागि सबै दल एक भएर यसलाई निर्मुल पार्न लाग्नु पर्ने बताउनु भयो । जसका लागि छानविन अनिवार्य भएको उहाँको भनाइ छ ।

उद्यमीहरुको प्रादेशिक महोत्सव भएकाले उद्यम विकासको माध्यामबाटै देशलाई सम्बृद्ध गर्न सकिने उहाँ बताउनुहुन्छ । साथै उहाँले नीतिगत उल्झनहरुलाई हटाउन र वातावरणलाई सहज गर्न आवश्यक सहजीकरण नर्गन सरकार तयार रहेको समेत मन्त्री गुरुङले बताउनु भयो ।


महोत्सव मुल समारोहका संयोजक एवम् दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले हरेक दिन सटरहरु बन्द हुँदै गएको बताउनुभयो । साथै उहाँले व्यवसायीहरु पलायन हुँदै गएको सन्दर्भमा उत्साह जगाउने जिम्मेदारी सरकारकै भएकाले अविभावकत्व पूरा गरिदिनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्यसाबित्री मल्ल, अमर बहादुर थापा, दिकपाल कुमार शाही, सिता कुमारी राना, कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण कुमार बिसी, सामाजिक विकास समिति सभापति घनश्याम भण्डारीसहित जिल्लाका पालिका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र, प्रदेशका प्रतिनिधि हजारभन्दा बढ स्थानियहरुको उपस्थिति रहेको थियो । महोत्सव फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।