अपाङ्गता भएकालाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले रोजगारीको ठुलो समस्याबिच अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिने कार्य सह्रानीय रहेको बताउनुभएको छ ।
पुनः नामकरणको माग गर्दै प्रदर्शन
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो ।
वैदेशिक रोजगारमा जानेबाट लाखौँ ठगी गर्ने तीन पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
बिहीबार राति कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली रहने जनाइएको छ । बाँकी प्रदेशको मौसम सफा रहने छ । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार गण्डकी र कोशी प्रदेशको मौसम आंशिक बदली रहे पनि पानी पर्ने कुनै सम्भावना छैन ।
संशोधन विधेयक अपुरो रहेको दाबी
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सभामा टेबुल भएको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक अपुरो रहेको जिकिर गर्नुभएको छ ।
सामुदायिक भवन बनेपछि बैरीयाबासी खुसी
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बैरीयाका स्थानीयलाई अब बर्षायाममा हुने विपद्का बेला सहज हुनेभएको छ ।
हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै निवेदन
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले हिनामिना गरेको करोडौँ रकममध्ये केही रकम बैङ्कले फिर्ता गरेको छ ।
आगलागीबाट गोठ जलेर नष्ट
गुल्मीमा बिहीबार बिहान करिब १०ः३० बजेको समयमा आगलागीका कारण एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
आर्मी महिला हक्कीको सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेजन सदस्यको १६ करोड रुपियाँ बराबरको स्वास्थ्य बिमा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपियाँ बराबरको स्वास्थ्य बिमा गरेको हो।
वाइएफसी फाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सप्तरीको महुलीमा चक्काजाम
सप्तरीको महुली खडकखण्डमा विभिन्न ११ सूत्रीय माग सहित आन्दोलनरत किसानहरूले एक घण्टा चक्काजाम गरेको छ ।
दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी
दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै विजयी भएका हुन ।
ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई
ऋषिङ गाउँपालिकाद्वारा यहाँ सञ्चालित चौथो ऋषिङ अध्यक्ष कपको उपाधि बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले हात पारेको छ ।
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलोपटक कार्यान्वयनमा आएको हो ।
शितभण्डार र जुस उद्योग प्रयोगविहीन
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ ।
१४ लाख घरपालुवा बंगुर स्वाइन फिभरको उच्च जोखिममा
पछिल्लो समय देशका विभिन्न भागमा अफ्रिकन स्वाइन फिभर तीव्र गतिमा फैलिरहेको छ । यो वर्ष गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा यो रोग पुष्टि भइसकेको छ । हालसम्म देशका २८ जिल्लाका बङ्गुर, सुँगुर, बँदेलमा यो रोगको सङ्क्रमण फैलिसकेको छ ।
बर्दीबासमा राष्ट्रिय कराते प्रतियोगिता सुरु
बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो ।
‘स्पोर्ट्स कनेक्ट’ अर्को महिना
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ ।
भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
गोरखाका विकट गाउँपालिका धार्चेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भएको छ ।
असल बुहारी सम्मानित
तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध कार्यक्रममा सम्मानित गरेको हो ।
सडकमा जमेको हिउँ पन्छाउने काम सुरु
सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका–७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ ।
आँखाका बिरामीमध्ये अधिकांशमा मोतीबिन्दु
अर्घाखाँचीमा आँखाको उपचार गर्न आउनेमध्ये अधिकांशलाई मोतीबिन्दुको समस्या देखिएको छ । जिल्ला आँखा अस्पतालका अनुसार दुई दिने आँखाको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा आउने ३५१ जना बिरामीमध्ये एकसय बिरामीको शल्यक्रिया गरिएको छ ।
लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप
बाँकेका दुईवटा पालिकामा तोकिएको लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् ।