• १७ असार २०८१, सोमबार

कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १७ गते । बिहीबार राति कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली रहने जनाइएको छ । बाँकी प्रदेशको मौसम सफा रहने छ ।  मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार गण्डकी र कोशी प्रदेशको मौसम आंशिक बदली रहे पनि पानी पर्ने कुनै सम्भावना छैन । 

उहाँका अनुसार भोलि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुनेछ । अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव घट्दै गएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । अब बिस्तारै तापक्रम पनि बढ्दै जाने उहाँले बताउनुभयो ।