पाललाई हेटौँडा रनको उपाधि
हेटौँडामा आयोजित पहिलो खुला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगितामा काठमाडौँका मुकेश पाल प्रथम हुनुभएको छ ।
नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकरात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।
चर्च ब्वाइज र रोयल वेस्टर्नसबिच सम्झौता
दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘बुवाको मूर्ति बनाउने अठोटले मूर्तिकार बने’
मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाउनुभयो । आफु बुभ्mने भएपछि उहाँले बुवाको मुर्ति बनाउने सोच बनाउनुभयो ।
म्याग्दीकाे पूँजीगत बजेट खर्च न्यून
म्याग्दी जिल्लामा संघीय सरकारमार्फत् चालुतर्फ तीन अर्व ४९ करोड, ५५ लाख ८४ हजार तीन सय ७५ रुपियाँ बजेट रहेको छ ।
एकसय ५४ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया
ताप्लेजुङमा एकसय ५४ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा सो सङ्ख्यामा मोतिबिन्दुका रोगीको आँखा शल्यक्रिया गरिएको हो ।
सभापति र उपसभापतिबिच बैठकपुस्तिका खोसाखोस
नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा सभापति र उपसभापति बिच बैठकपुस्तिका खोसाखोस भएको छ ।
निर्माण सम्पन्न भएर अलपत्र परेका स्वास्थ्य चौकी भवन हस्तान्तरण
निर्माण सम्पन्न भएर पनि अलपत्र बनेका स्वास्थ्य चौकी भवनहरु धमाधम हस्तान्तरण गरिएको छ ।
सुशासनको हल्ला मात्र गरिएको छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्ला मात्र बढी गरेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
माछा मार्न गएका तामाङको शव फेला
पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
पोखरी संरक्षण गर्न प्रदेश सरकारको पहल
धनकुटाको उत्तरपानीमा रहेका स्थानीय पोखरीको संरक्षण गर्न कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दीरा थापाले चासो देखाउनु भएको छ ।
रुपन्देहीको निर्माणाधीन चार लेन सडक अलपत्र
अन्तर सरकारी निकायबिचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ।
‘मेरो कोरियन साथी’ शब्दकोष लोकार्पण
पश्चिम नेपालमा पहिलो पटक स्थानीयस्तरमा कोरियाली भाषाको शब्दकोष विमोचन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा प्रशिक्षण गर्दै आउनुभएका प्रशिक्षक भोपेन्द्र कवरद्वारा लिखित ‘मेरो कोरियन साथी’ शब्दकोष विमोचन गरिएको हो ।
अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु
अपाङ्गता भएका महिलाहरुको राष्ट्रिय सम्मेलन आजदेखि यहाँसुरु भएको छ । ‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ ।
सशस्त्रको बीओपी भवन शिलान्यास
दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित
प्रतिनिधिसभाको आजको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ ।
आयोजक मदन भण्डारी र आर्मी फाइनलमा
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नामिबियालाई हराएसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायम
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।
भक्तराजको स्वरमा शास्त्रीयताको अनुपम जादू थियो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादू अद्भुत तथा अनुपम भएको बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा उपनिर्वाचन कार्यतालिका स्वीकृत
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको हो ।
परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।