• १७ असार २०८१, सोमबार

निर्माण सम्पन्न भएर अलपत्र परेका स्वास्थ्य चौकी भवन हस्तान्तरण

blog

एक कार्यक्रमकाबिच फाक्सीबको स्वास्थ्य चौकी साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राईलाई हस्तान्तरण गर्नुहुँदै हस्तान्तरण आयोजनाका प्रमुख सुमनकुमार मिश्र ।

कविराज घिमिरे 

हिले, फागुन १८ गते । निर्माण सम्पन्न भएर पनि अलपत्र बनेका स्वास्थ्य चौकी भवनहरु धमाधम हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण सम्पन्न भएका स्वास्थ्य चौकी भवनहरु आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित गाउँपालिकालाई धमाधम हस्तान्तरण गर्न थालेको हो ।  

२०७७ सालमा धनकुटाका ९ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको थियो । तीमध्ये खुवाफोक, फाक्सिब, भीरगाउँ, छिन्ताङ र सान्नेका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेका पनि हस्तान्तरण हुन सकेका थिएनन् । अहिले भने निर्माण सम्पन्न आएका भवन कार्यलयले आवश्यक प्रक्रिया पूरा गरेर धमाधम हस्तान्तरण गर्न सुरु गरेको हो । कार्यलयले एक महिना यता ४ स्थानका भवन हस्तान्तरण गरेको छ । 

यता डाँडागाउँ, मूर्तिढुङ्गा, मारेककटहरे, हात्तिखर्कको स्वास्थ्य चौकी भवन निमार्णाधीन अवस्थामा छन् । यी स्वास्थ्य चौकी भवनको भौतिक प्रगति ७५ देखि ८० प्रतिशतसम्म भएको आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिनुभयो । भवन हस्तान्तरण भएसँगै स्वास्थ्य सेवा सञ्चालनका लागि सहज भएको छिन्ताङ स्वास्थ्य चौकी इन्चार्ज सुमितकुमार रामले बताउनुभयो । 

काठमाडौंको बिरुवा कन्स्ट्रक्शन प्रा.लिले दुई भिन्दाभिन्दै ठेक्कामा निर्माणको जिम्मा पाएको थियो । भवन निर्माणको काम सम्पन्न नहुँदा कतिपय स्वास्थ्य सेवा प्रवाह जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेका छन् ।