• १४ मंसिर २०८१, शुक्रबार

माछा मार्न गएका तामाङको शव फेला

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १८ गते । पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी चिनिने मानबहादुर तामाङको शव फेला परेको हो । 

पोखरा वडा नम्बर १७ र १५ को बिचमा पर्ने सेती नदीमा फागुन १३ गते राति माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए । राति १० बजे बेपत्तामध्ये ४० पोखरा–१ बस्ने वर्षीय मंगा तामाङको शव त्यसको भोलिपल्ट १४ गते भेटिएको थियो । सँगै बेपत्ता ४५ वर्षीय मानबहादुरको शव भने शुक्रबार प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो । मानबहादुरको खोजीका लागि बिहीबार पोखरा–१६, दीपमा रहेको सेतीको ड्याम खुला गरी खोजतलास समेत गरिएको थियो । 

यसबिच, २१ दिनदेखि सम्पर्कविहीन पोखरा महानगर वडा नम्बर ३० का तेजराज ओझा मृत भेटिएका छन् । सेती नदी किनार गगनगौंडामा सडेको अवस्थामा शव उनको शव फेला परेको हो । बिहीबार शव फेला परेपछि सोही दिन दाह संस्कार समेत भएको छ । ओझाका दुई छोरी हुनुहुन्छ ।