जलवायु परिवर्तनका कारण आउन सक्ने बाढी नयाँ चुनौती
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बर्सात भई नदीनालामा आउन सक्ने बाढीको सम्भावना नयाँ चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । यस्ता घटनाले हिमाली खोलाका किनारमा रहेका बजारहरूलाई भविष्यमा थप जोखिमयुक्त बनाउने सम्भावना रहेको बताउँदै उहाँले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पाठ्यपुस्तक बनाउँदै पालिका
आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । गत वर्षबाट कक्षा १ देखि ८ सम्म पाठ्यक्रमका आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षमा स्थानीय पाठ्यपुस्तकबाटै पठनपाठन गराउने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गाउँपालिकाले जनप्रदीप माविका प्रधानाध्यापक डिलबहादुर थापाको संयोजकत्वमा पाठ्यक्रम तथा पाठ्यपुस्तक उपसमिति निर्माण गरेको जानकारी दिनुभयो ।
जाजरकोटमा जे देखियो
“हाम्रो लोभीपापी मनले पनि राहत वितरणमा समस्या पा¥यो । भूकम्प लाभग्राही ‘कोही नछुटुन् र कोही नदोहोरिउन्’ भन्ने सोचका साथ नै हामीले काम ग¥यौँ तर जति पाए पनि केही दिएनन् भन्दै राहतका पोका लिने र थन्क्याउने प्रवृत्ति पनि देखियो ।’’ भूकम्प प्रभावित पालिकाका एक जना वडाध्यक्षको भनाइ हो यो । यस्तै अनुभव जिल्लास्थित कार्यालयमा कार्यरत एक जना उच्च पदस्थ कर्मचारीको पनि थियो । उहाँका अनुसार केही सर्वसाधारणको अटेरीपन वा मूर्खताले पनि भूकम्पपछिका क्रियाकलापमा समस्या खडा गरेको छ ।
वनलाई बगैँचा बनाउने अभियान
वन र बगैँचाको अर्थ र महत्व भिन्ना भिन्नै छ । वन भनेको ठुला ठुला रुख भएको क्षेत्र हो, जहाँ घाँस दाउरा पनि गर्न पाइन्छ । बगैँचा भनेका चाहिँ फलफूल लगाइएको ठाउँ हो । यसर्थ वन भनेको विस्तृत र बृहत् हुन्छ । बगैँचा सीमित हुन्छ । केही वर्षदेखि सुनसरीका सामाजिक अभियन्ताहरूले वन र बगैँचालाई एकै ठाउँ राखेर भन्ने गरेका छन्– वनलाई बगैँचा बनाऔँ । यस अभियान अन्तर्गत केही काम पनि गर्दै आएका छन् ।
गणतन्त्रको सहज अभ्यास
भनिन्छ, ऐनाको आफ्नो अनुहार हुँदैन तर ऐनाले अरूको अनुहार देखाउँछ । त्यसैले ऐना हेर्नु भन्ने उक्ति चलेको छ । आज हाम्रा नेताहरूले ऐनामा के देखे, नागरिक अगुवा र बुद्धिजीवीले के भन्छन् ? केही प्रतिनिधि विचार र तर्कमार्फत विवेचना गरौँ । राजधानीमा हालै नेपाल अध्ययन केन्द्रको ब्यानरमा ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । त्यहाँ बोल्ने अधिकांश वक्तालाई रोगको पहिचान थियो । उपचारात्मक विधिमा जानुपर्ने र नगई नहुने कुरामा खासै प्रतिबद्धता थिएन ।
विश्व शान्तिको नेतृत्व गर्ने अवसर
नेपाल संयुक्त राष्ट्रसङ्घका शान्ति स्थापना मिसनमा सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकमा सूचीकृत भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली शान्ति सेनाको अब्बल कार्यसम्पादनकै कारण यो सफलता हासिल भएको हो । यसअघि बङ्गलादेश शान्ति सेना पठाउने पहिलो मुलुक थियो । राष्ट्रसङ्घद्वारा २०२३ नोभेम्बरमा सार्वजनिक सूची अनुसार छ हजार २६७ जना शान्ति सेना पठाएर नेपाल एक नम्बरमा दर्ज भएको छ । यतिबेला बङ्गलादेश दोस्रो स्थानमा झरेको छ । त्यहाँका छ हजार १९५ फौज शान्ति स्थापना मिसनमा कार्यरत छन् ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप, सात घाइते
झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबिच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सात जना घाइते भएपछि तनाव सिर्जना भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
तिलिङ्गे नाचको संरक्षणमा युवा
मृतआत्मालाई भगाउन हिमाली लामा समुदायले नाच्ने तिलिङ्गे नाचको संरक्षणमा स्थानीय युवा लागेका छन् । विशेषतः माने पर्वमा नाचिने यो नाचले एक वर्षमा गाउँमा मृत्यु भएकाको आत्मा भगाउने जनविश्वास छ । वसन्त ऋतुको आगमनसँगै तिलिङ्गे नाच सुरु हुन्छ । बुराउसे गाउँका स्थानीय पामा तन्जन लामाले यो नाचको महत्व भनेको मृतआत्माबाट जोगिनका लागि हो, भन्नुभयो । सो वर्ष मृत्यु भएकाहरू भूतप्रेत नहोस् र भए पनि कलाकारले मुकुन्डो लगाएको तिलिङ्गे नाच देखेर भाग्छ भन्ने सामाजिक मान्यता रहेको उहाँले बताउनुभयो । पहिले बुढापाकाले मात्र नाच्ने यो नाच अहिले पछिल्लो पुस्ताले सिकेर नाच्न थालेपछि यसको संरक्षण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपालमा हिपहपको आकर्षण बढ्दै
पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा अझ मौलाउने सङ्केत गरेको छ । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै काठमाडौँमा हिपहप मेलाको आयोजना गरिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
राष्ट्रिय बाल नाटक मेला सुरु
राष्ट्रिय बाल नाटक मेला–२०८० शुक्रबार सुरु भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक अन्तिमका लागि छनोट गरेका छौँ ।”
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।
श्रमिकका लागि घर फिर्ती कार्यक्रम
मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप उत्साहप्रद
दादुरा–रुबेलाविरुद्धको खोप काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रवक्ता डा. भुवन पौडेलले छ दिनमा एक लाख ९० हजार बालबालिकाले खोप लगाएको जानकारी दिनुभयो । काठमाडौँ महानगरको केही वडामा फागुन १६ गतेदेखि खोप अभियान सञ्चालनमा आएको हो । उहाँले बाँकी वडामा आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले खोप अभियान उत्साहप्रद ढङ्गले अगाडि बढेको भन्दै विद्यालयमा खोप केन्द्र राख्दा खोप लगाउने बालबालिका बढेको बताउनुभयो । उहाँले काठमाडौँमा लक्षित समूहको ३५ प्रतिशतले खोप लगाइसकेको जानकारी दिनुभयो ।
धरहराको ठुटोबारे अझै निर्णय भएन
विसं २०७२ को भूकम्पमा ढलेको धरहराको ठुटो संरक्षण गरेर राख्ने वा भत्काउने भन्ने विषय टुङ्गो लागेको छैन । संरक्षण गर्दा पनि त्यसलाई सिसा वा अन्य वस्तुले छोपेर राख्ने वा खुलै छाड्ने विषय पनि अनिर्णित छ । नयाँ धरहरा स्तम्भ निर्माण भएको तीन वर्ष पुग्न लागेको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको ठुटो संरक्षण गर्ने वा भत्काउने विषयमा परामर्श सुरु गरे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।
गोर्खा स्मारक निर्माण सुस्त
स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् योजना निर्माण २०७० सालदेखि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मारकसहितको बृहत् योजना अगाडि बढाइएको हो ।
रित्तै छ कर्मचारी अवकाश कोष
अवकाश कोषमा रकम व्यवस्था नहुँदा स्थानीय तहका कर्मचारीले अवकाशपछि पाउने रकम अनिश्चित बनेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले अवकाश कोषको व्यवस्था गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश स्थानीय तहले अवकाश कोष नबनाउँदा कर्मचारीको भविष्य असुरक्षित बनेको हो । केही स्थानीय तहले अवकाश कोष खडा गरे पनि कोषमा वार्षिक रूपमा बजेट व्यवस्था गरेका छैनन् । २०७१ सालपछि गठन भएका नयाँ नगरपालिका र स्थानीय तह पुनर्संरचनापछि बनेका अधिकांश नगरपालिका र गाउँपालिकाले अवकाश कोष नै बनाएका छैनन् ।
प्रधानमन्त्री प्रचण्ड पञ्चकोट आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार बागलुङको पञ्चकोट आउनुहुने भएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउन लाग्नुभएको हो ।
सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
प्रहरी हुँ भन्दै धम्क्याउनेलाई अभद्र व्यवहार मुद्दा
बिहीबार राति साढे २ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरी हुँ भन्दै धम्क्याउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ
विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु
लुम्बिनी प्रदेशका घरेलु तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभएको छ ।
पविन र क्षितिज सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष आठ बाहेकको पुरुष एकलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।