• १२ साउन २०८१, शनिबार

तिलिङ्गे नाचको संरक्षणमा युवा

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन १९ गते । मृतआत्मालाई भगाउन हिमाली लामा समुदायले नाच्ने तिलिङ्गे नाचको संरक्षणमा स्थानीय युवा लागेका छन् । विशेषतः माने पर्वमा नाचिने यो नाचले एक वर्षमा गाउँमा मृत्यु भएकाको आत्मा भगाउने जनविश्वास छ । वसन्त ऋतुको आगमनसँगै तिलिङ्गे नाच सुरु हुन्छ ।

बुराउसे गाउँका स्थानीय पामा तन्जन लामाले यो नाचको महत्व भनेको मृतआत्माबाट जोगिनका लागि हो, भन्नुभयो । सो वर्ष मृत्यु भएकाहरू भूतप्रेत नहोस् र भए पनि कलाकारले मुकुन्डो लगाएको तिलिङ्गे नाच देखेर भाग्छ भन्ने सामाजिक मान्यता रहेको उहाँले बताउनुभयो । पहिले बुढापाकाले मात्र नाच्ने यो नाच अहिले पछिल्लो पुस्ताले सिकेर नाच्न थालेपछि यसको संरक्षण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

लामाका अनुसार चारदेखि दस जनासम्मको समूहमा मिलेर गाउँको सार्वजनिक स्थानमा यो नाच नाच्ने गरिन्छ । अर्को समूहले बाजा बजाउँछ । यो नाचका लागि पहिरनसमेत छुट्टै हुने गरेको छ ।