गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २१ गते । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा ‘भोजपुरका ढकालहरूको फैलावट’ नामक वंशावली लोकार्पण गरिएको छ । भोजपुर ढकाल समाज काठमाडौँद्वारा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले विभिन्न जिल्लामा क्रियाशील ढकाल बन्धुसम्बन्धी सङ्घ संस्थाबिच आफ्नो गतिविधि सञ्चालन गर्ने गरी एक महासङ्घ गठन गरी सोमातहतमा राख्न सुझाव दिनुभयो ।
समाजका अध्यक्ष टेकेन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री टेकप्रसाद ढकाल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष केसीले सबै ढकाल एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो । भोजपुर ढकालहरूको वंशावली सङ्कलन कार्य समाजका सल्लाहकार ईश्वरप्रसाद ढकालले गर्नुभएको थियो ।