• १२ साउन २०८१, शनिबार

‘बुवाको मूर्ति बनाउने अठोटले मूर्तिकार बने’

blog

मूर्तिकार महेन्द्र पुन मगर । तस्बीर: गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके,  फागुन १८ गते । मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाउनुभयो । आफु बुभ्mने भएपछि उहाँले बुवाको मुर्ति बनाउने सोच बनाउनुभयो ।

बुवाको नागरिकताको प्रमाणपत्रमा रहेको फोटोको आधारमा मूर्ति बनाउने प्रयास गर्नुभयो । तर पहिलो पटक बनाएको मूर्तिबारे उहाँ आफैलाई चित्त बुझेन । तर यही अठोटले उहाँलाई अहिले देशकै सफल मूर्तिकारको रुपमा चिनाएको छ । 

मगरले भन्नुभयो, ‘सानोमा छँदा मूर्ति देखेपछि चिमोठे, बोलेन । ठुलीआमाले मूर्ति हो भनेपछि मलाई पनि बुवाको मूर्ति बनाउन मन लाग्यो ।’ उहाँले हालसम्म करिब दुईसय विभिन्न मूर्ति निर्माण गरिसक्नुभएको बताउनुभयो । 

गाउँघरमा भगवानका मूर्ति बनाउने उहाँ मूर्तिकार बन्ने भन्दै प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि काठमाडौं पुग्नुभयो । डडेल्धुरा आलितालस्थित घरबाट भागेर हिडेका उहाँ खाने र बस्ने केही ब्यवस्था नभए पनि मूर्तिकार बन्छु भनेर राजधानी छिरेको बताउनुभयो । 

त्यसपछि उहाँ काम गर्दै पढ्दै गरेर मूर्तिकलाको औपचारिक शिक्षा लिनुभयो । मूर्तिकार शिरोमणी मगरले डडेल्धुरामा परशुराम धाममा एक करोड पाँच लाख रुपियाँको लागतमा एउटै मूर्ति तयार गर्नुभएको छ । पहिलो मूर्ति तयार गरेबापत ३५ हजार पारिश्रमिक लिएको उहाँले बताउनुभयो । 

मूर्ति बनाउनु आप्mनो रहर भएको बताउने उहाँ पछिल्लो समय यसबाट नाम र दाम कमाउन सफल भएको बताउनुभयो । मूर्ति बनाएर आयोजकको अनुरोधमा मूर्ति स्थापना हुने स्थानमा आफै मूर्ति लिएर त्यसलाई स्थापनाका लागि समेत उहाँले सहयोग गर्दै आउनुभएको चर्चा गर्नुभयो ।