• ५ माघ २०८१, शनिबार

‘इको पार्क’ खण्डहरमा परिणत

blog

बर्दीबास समाचारदाता

बर्दीबास, फागुन १७ गते । प्रदेश सरकारले लाखौँ मूल्य खर्च गरेर महोत्तरीको जङ्गल क्षेत्रमा निर्माण गरिएका वातावरणीय महìवका ‘इको पार्क’ हरू संरक्षण अभावमा लथालिङ्ग अवस्थामा पुगेका छन् । बर्दीबास नगरपालिका–४, माईस्थान र वडा नं १० लक्ष्मीनियामा निर्माण गरिएका दुवै पार्क व्यवस्थापनको लापरबाहीले प्रदूषित र प्रयोगविहीन भएका छन् । 

पार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि त्यसको न उद्घाटन भएको छ न रेखदेखको व्यवस्था मिलाइएको छ । यो पार्क सर्वसाधारणका लागि खुला पनि गरिएको छैन । तत्कालीन प्रदेश २ सरकारको पुँजीगत कार्यव्रmम अन्तर्गत जनही २० लाख रुपियाँ बजेट खर्चेर निर्माण गरिएका दुवै 

पार्क समुचित व्यवस्थापनको अभावमा अस्तव्यस्त बन्न पुगेको हो । डिभिजन वन कार्यालय महोत्तरीका अनुसार दुवै इको पार्क आव ०७७÷७८ मै निर्माण भएका हुन् । यी पार्क हेटौँडा ढल्केबर ४०० केभी हाइटेन्सन लाइनको मुनि निर्माण गरिएका छन् । पार्कमा घेरबार, जैविक विविधता झल्कने आरसिसी बेन्च, सिमेन्ट टायल्स लगाएको पदमार्ग, बाटोको दायाँ बायाँ फूल बगैँचा, फलामे गेट जस्ता सबै पूर्वाधार तयार छन् । 

पार्कनजिकै रहेको सबडिभिजन वन कार्यालय माईस्थानका एक कर्मचारीका अनुसार सुरुमा यी पार्कको चारैतिर एक सयभन्दा बढी त धुपी र अशोकका बोट मात्र रोपिएको थियो । ‘सुन्दर पार्क हेर्दैमा मन प्रशन्न हुन्थ्यो’, ती कर्मचारीले विगत सम्झे । अहिले भने रोपिएका सबै बिरुवा सुकेर गएका छन् । पार्कलाई काँस, वनमारा र माइकोनिया झारका घारीले कुरूप पारेको छ । रेखदेख र स्याहार सम्भार नहुँदा भावर क्षेत्रको जैविक र पारिस्थितिकीय महìव बोकेका दुवै इको पार्क खण्डहर बनेका छन् ।  

पार्कनजिकै बर्दीबास–४, माईस्थानमा धार्मिक, ऐतिहासिक र प्राचीन महìव बोकोको पञ्चधुरा मन्दिरसमेत भएकाले इको पार्कले धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने सर्वसाधारणमा आशा जगाएको थियो तर सञ्चालन गर्न नसक्दा अमूल्य सम्पदा पत्रु बनेको वडाध्यक्ष अक्कलबहादुर तामाङले आलोचना गर्नुभयो । राज्यको ठुलो लगानीमा निर्माण भएका दुवै पार्कको जिम्मेवार को ? त्यो पनि स्पष्ट छैन । जिज्ञासा राख्दा प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयहरू एकले अर्काेलाई जिम्मेवार देखाएर पन्छने गरेका छन् । तथापि थोत्रो हुन लागेका पार्कको बोर्डमा भने तत्कालीन प्रदेश नं २ सरकारको वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय महोत्तरी उल्लेख छ । 

डिभिजन वन कार्यालय महोत्तरीका डिएफओ सन्तोष झाले कुनै पनि कार्यव्रmम सञ्चालन गरिसकेपछि त्यसको संरक्षण व्यवस्थापनको सुनिश्चित भए त्यो प्रभावकारी हुने धारणा राख्नुभयो । वन क्षेत्रमा संरचना निर्माण भए पनि संरक्षण व्यवस्थापनका लागि बजेट व्यवस्था नभएको र कुनै निकायलाई जिम्मेवारी हस्तान्तरणसमेत नगर्दा पार्क बेवारिसे अवस्थामा पुगेको उहाँको भनाइ थियो । प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले पार्कको दुरवस्थाको जिम्मेवार डिभिजन वन कार्यालय भएको आरोप लगाउनुभयो । हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्न तथा पर्यावरण संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएका इको पार्क माईस्थान गढन्ता साझेदारी वन तथा बाँके मरहा साझेदारी वन अन्तर्गत पर्दछन् ।