कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना
तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।
शिक्षण पेसासँगै न्यौपानेको व्यावसायिक पशुपालन
पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेश जानेक्रम बढ्दो छ । अध्ययन गर्ने विद्यार्थीसँगै रोजगारका लागि दिनहुँजसो युवा विदेश पलायन भइरहेका छन् ।
जितको मुखमा पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।
भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं.२०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवम् मुहूर्तको सूची दिने भएको छ ।
बकैयामा बिहीबार शोक बिदा
मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नं. ७ का वडासदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ ।
फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते
मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएकाे स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन्
‘सीप भएमा खाली हात बस्नु पर्दैन’
न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ ।
त्रिपन्न जनाको निःशुल्क स्थायी बन्ध्याकरण
सन्तानको रहर पूरा भएका ५३ जनाले निःशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । स्थायी बन्ध्याकरण शिविरबाट ३६ जना महिलाले मिनिल्याप र र १७ पुरुषले भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताउनुभएको छ ।
संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
पसलमा आगलागी हुँदा करिब एक करोड क्षति
नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।
जनशक्तिको अभावले भिडियो एक्स-रे सेवा ठप्प
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स-रे सेवा सञ्चालन हुन सकेको छैन ।
संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
साहसी सरस्वती : राइडर बनेपछि बढेको आत्मविश्वास
कडा परिश्रम र मेहनत गरे प्रतिकूल परिस्थितिमा पनि जीत सम्भव हुन्छ भन्ने एक उदाहरणीय पात्र हुनुहुन्छ, सरस्वती महर्जन ।उपत्यकाको व्यस्त अनि धुलोधुँवायुक्त सडक, पाको हुँदै गएको उमेरमा दुई पाङ्ग्रे सवारीमा दिनहुँ १५ घण्टा दौडधूप गर्न सरस्वतीलाई भनेजस्तो सहज छैन ।
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
कोशीमा बढ्यो गाँजा ओसारपसार धन्दा, माघयता दुई हजार किलो बरामद
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
सिमकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम
सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रूपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रूपमा तयार पारेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यका साथ सिमकोटले स्थानीय पाठ्यपुस्तक तयार पारेको हो ।
सहकारीको भल्ट फुटाएर चोरी
मोरङको लेटाङ-२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको छ।
चरा संरक्षणसँगै घोडाघोडीको पर्यटन विकासमा प्रदेश सरकारको जोड
जैविक विविधता संरक्षणसँग घोडाघोडीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेगरी प्रदेश सरकारले काम गर्ने सुदूरपश्मि प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
‘चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको बताउनुभएको छ ।
सोनाहा जातिको पीडा : ‘बालुवा छान्दा पनि छाक टार्न धौ–धौ’
सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।
बाँकेमा ६३ प्रतिशत बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप
बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।