• १९ वैशाख २०८२, शुक्रबार

बकैयामा बिहीबार शोक बिदा

blog

राममणि दाहाल
हेटौँडा, फागुन १६ गते ।
मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नं. ७ का वडासदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बुधबारको निर्णय अनुसार वडा सदस्य तितुङको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा वडा सदस्य तितुङको असायमिक निधन भएका कारण गाउँपालिकास्थित सम्पूर्ण सरकारी कार्यालय र  शिक्षण संस्थामा बिहीबार शोक बिदा दिइएको उल्लेख छ ।

बकैया गाउँपालिका ७ मानदमार घर भएका ४० वर्षीय तितुङको आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा मङ्गलबार दिउँसो एक्कासि बिजुलीको पोल ढलेर लाग्दा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा बुधबार बिहान चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।