• १७ असार २०८१, सोमबार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक

blog

गाजा,  फागुन, १६ गते । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या  ७० हजार ३२५ पुगेको छ । 

केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार  इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र  ७ जना सैनिकहरू घाइते भएको   बताइएको छ । योसँगै  मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।

इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, आतङ्कवादी कक्षहरूू नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ। रासस, सिन्ह्वा