• १२ मंसिर २०८१, बुधबार

भूत भुलाउने घोडानाच

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन १७ गते । चैतलो पर्वका अवसरका भूत भुलाउने घोडानाच नाचिएको छ । चैतलो पर्वमा सिमकोट गाउँपालिका–१ र २ को ठेहे गाउँमा धेरै समयअगाडि गाउँका महिला नाचगान गरिरहेका बेला एक राम्री महिलालाई भूतले खोसेर लगेको जनविश्वास छ । सोही कार्यविरुद्ध उक्त नाच नाचिँदै आएको छ ।

ठेहे गाउँका समाजसेवी कालीबहादुर भण्डारीले सो नाच नाच्न थालेपछि भूतले महिलालाई लग्न छोडेको विश्वास अहिले पनि रहेको बताउनुहुन्छ । सोही कारण अहिलेको अवस्थामा चैतलो पर्वको पछिल्लो दिन गाउँको सार्वजनिक स्थानमा नाच्ने गरिएको हो । यो नाचमा एक जना घोडाको जस्तो मुकुन्डो लगाएर नाच्छन् ।

घोडानाच ठेहे गाउँको आफ्नै नाच होइन । सिमकोट गाउँपालिका–७ को डाँडाफयाबाट ठकुरीबाट ठेहे गाउँका भण्डारीले यो नाच भित्र्याएको भनिन्छ । ठेहे गाउँका समाजसेवी भण्डारी भूत भुलाउने घोडानाच परम्पराले एकातिर भूतलाई भुलाउने गरेको भने अर्कोतर्फ मनोरञ्जन प्रदान गरेको बताउनुहुन्छ ।