गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना
मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मगर दिवसमा सांस्कृतिक झाँकी प्रदर्शन
४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
‘अब हाँस्छ अमेरिका’ सम्पन्न
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपाको आयोजनामा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् ।
सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
मुद्दा दर्ता भएपछि माओवादी नेता पुरीद्वारा राजिनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेपछि नेकपा (माओवादी केन्द्र) कोशीका कोषाध्यक्ष गगन पुरीले पदबाट राजिनामा दिनुभएको छ ।
सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार
बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् ।
एक सङ्क्रमित व्यक्तिबाट १८ जनामा सर्छ दादुरा
अति सङ्क्रामक रोग दादुरा रुबेलाविरुद्ध सरकारले देशभरका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ ।
आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना
गोरखामा आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराँती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गीत-सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
केपी ओली कप : जावलाखेल सेमिफाइनलमा
आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साउनयता विद्युत वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
कर्णाली पारीको जनजीवन बद्लिँदै
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरीले स्थानीयको जनजीवन बद्लिएको छ ।
राष्ट्रसङ्घीय अदालतमा प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सुनुवाइ पूरा
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजरायली कब्जाको कानुनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
एक गाग्री पानी ल्याउन डेढ घण्टा
माङसेबुङ गाउँपालिका-६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ ।
आचार्यको निधनसँगै नेपाली गीत/सङ्गीतमा एउटा अध्याय समाप्त भयो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/सङ्गीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ ।
विद्यार्थीको क्षमता देखाउने थलो बन्दै ए.एफ.यु.मेला
जलेश्वर नगरपालिकाको वडा नं. ४ मा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय तर्फका विद्यार्थीहरूले यसक्षेत्रमा निर्माण गर्न सकिने विभिन्न परियोजनाहरूलाई प्रोजेक्टको रूपमा प्रस्तुत गरेका छन् ।
मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता
जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरूले मङ्गलबार दिउँसो ३ बजे भृकुटीमण्डपबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।
मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत गरेको छ ।
चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग
म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।
साउनयता विद्युत वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु
सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका-२३ मा सुख्खा माैसममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ ।